• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
विश्व फोक्सो दिवस

प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी?

डा अच्युतभक्त आचार्य बुधबार, असोज ९, २०८१  १३:५०
1140x725

‘सबैका लागि स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नाराका साथ यस वर्ष २५ सेप्टेम्बरका दिन विश्व फोक्सो दिवस नेपालसहित विश्वभर मनाइँदैछ। तर, स्वच्छ हावाको अभाव अर्थात् वायु प्रदूषणका कारण विश्वमा बर्सेनि लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ।

गत जुन महिनामा सार्वजनिक विश्वको वायुको स्थितिसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२१ मा वायु प्रदूषणका कारण विश्वभर ८१ लाख मानिसको मृत्यु भएको थियो, जुन विश्वमा हुने मृत्युमा उच्च रक्तचापपछि दोस्रो ठूलो कारण हो। युनिसेफको सहयोगमा तयार पारिएको उक्त प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण २०२१ मा ५ वर्षमुनिका ७ लाख बालबालिकाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य रोगबाट दक्षिण एसिया र अफ्रिकी मुलुकहरु सबैभन्दा बढी जोखिममा छन्।

वायु प्रदूषणका कारण नेपालमा पनि श्वासप्रश्वासका रोगीहरुको संख्या बढिरहेको छ। विश्वको वायुको स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०१८ मा करिब ३७ हजारको मृत्यु भएको थियो। नेपालमा वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधनको धुवाँ, धुलो र बर्सेनि लाग्ने डढेलो नै हो। 

यहाँ चर्चा गर्न लागिएको विषय वायु प्रदूषणभन्दा पनि फोक्सोको समस्याका बारेमा हो। तर, फोक्सोमा निम्तने समस्या निम्तने प्रमुख कारक वायु प्रदूषण नै हो। हावामा हुने स–साना कण श्वासनली हुँदै फोक्सोसम्म पुग्छनु। जसले घाँटीको एलर्जी, दमदेखि ब्रोन्काइटिसम्मका फोक्सोजन्य समस्या निम्त्याउँछन्। 

कस्ता समस्या निम्तन्छन् फोक्सोमा? 
मानिसको शरीरमा दुई वटा फोक्सो हुन्छन्, जसको प्रमुख काम अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने हो। श्वासप्रश्वासका अतिरिक्त मुटुलगायतका अंगमा पनि फोक्सोको भूमिका हुन्छ। वातावरणबाट श्वास लिने भएकाले श्वास नलीका अतिरिक्त फोक्सोमा समस्या आउँछ, जसमा निमोनिया, दम, ब्रोन्काइटिस, क्षयरोग, क्यान्सरजस्ता रोग पर्छन्। यसका साथै, बाथ रोगले गर्दा पनि मानिसको फोक्सोमा असर गर्छ। 

कस्ता लक्षण देखिन्छन्?
फोक्सोमा समस्या आउँदा धेरै खोकी लाग्ने, खोक्दा रगत देखिने, बाक्लो खकार आउने, छाती दुख्ने, चाँडै थाक्ने, श्वास फेर्न गार्‍हो हुने, ज्वरो आउने, दुब्लाउँदै जाने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन्। 

पहिले कस्तो रोग लागेको हो, पहिचान गरेरमात्र उपचार अर्थात् निदान गरिन्छ। क्यान्सरमा कुन चरणमा छ, त्यसअनुसार उपचार गरिन्छ भने दम रहेछ भने सीओपीडी हो कि आज्मा हो, पहिचान गरेर उपचार प्रक्रिया थालिन्छ। 

जाडो महिनामा किन बल्झन्छ दम? 
प्रायशः जाडो महिनामा भाइरल सक्रियता बढ्ने भएकाले यस्तो बेला मानिसहरुमा दम या फोक्सोको समस्या बल्झन सक्छ। यस्तै, जाडो मौसममा मानिसहरुले हिटर तथा आगो ताप्न नजिक बस्ने भएकाले पनि फोक्सोको रोग बल्झन सक्छ। यसबाट बँच्न सिजनल फ्लुको खोप लगाइन्छ। सुरुआती अवस्थामा उपचार गरियो भने इमर्जेन्सी रुपमा भर्ना गर्नुपर्ने अवस्था आउँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिकालाई पनि फोक्सोको रोग हुन्छ? 
बालबालिका पनि फोक्सोको रोगको जोखिममा हुन्छन्। दम, आज्मा, सामान्य भाइरल ज्वरो, निमोनिया, बाथ रोगजस्ता समस्याले फोक्सोमा असर गर्छ। साथै, फोक्सोमा पानी जम्ने पनि हुन्छ। फोक्सोमा हुने दम, निमोनिया, क्षयरोग, क्यान्सरजस्ता सबै खालका समस्याले ज्यानै लिने जोखिम भएकाले स्वस्थ फोक्सोका लागि सचेत हुनुपर्छ। 

कोभिडपछि फोक्सोमा समस्या देखिने गरेको हो? 
खासगरी कोभिडको दोस्रो लहरपछि मानिसहरुमा पोस्ट कोभिडको समस्या देखिने गरेको छ। कतिपयमा पोस्ट कोभिड फाइब्रोसिस पनि भएको पाइन्छ। ७० वर्षभन्दा माथिका मानिसहरु पहिले स्वस्थ रहे पनि कोभिड भइसकेपछि दम तथा मुटुको समस्या देखिएको पाइएको छ। पहिले फोक्सो कमजोर भएका या फोक्सोमा रोग भए पनि निष्क्रिय भएकाहरुमा कोभिडपछि यसको असर देखिने हुन सक्छ। यस्तै, कोभिडले रोग प्रतिरोधी प्रणालीलाई परिवर्तन गर्ने भएकाले पनि विभिन्न रोग लाग्ने गरेको पाइएको छ।

प्रदूषित शहर काठमाडौंमा कसरी जोगिने ? 
स्वीजरल्याण्डको आइक्युएयरको विश्वव्यापी वायु प्रदूषण सूचकांकमा काठमाडौं बेला बेलामा विश्वकै प्रदूषित शहरमा पर्ने गरेको छ। त्यसमा पनि उपत्यकाको भौगोलिक वनावटका कारण यहाँको प्रदूषण लामो समयसम्म रहन्छ। यहाँको वायुमण्डलमा भएका धूलाका मसिना कण श्वासप्रश्वासका माध्यमबाट फोक्सोभित्र प्रवेश गरी श्वासप्रश्वासम्बन्धी समस्या निम्तन सक्छ। स्वस्थ व्यक्तिलाई नै असर गर्ने यस्तो अवस्थामा फोक्सोका बिरामीलाई त झन् विशेष रुपमा जोगाउनुपर्छ।

बिरामीले सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परे मास्क लगाउने गर्नुपर्छ। यस्तै, गाडीमा बस्दा पनि झ्याल बन्द गर्ने, नागरिक स्तरमा पनि धेरै प्रदूषण निम्त्याउने खालका गतिविधि गर्नुहुन्न। विशेष रुपमा नागरिक स्तरमा सचेतना अपनाउनुपर्छ। सरकारी स्तरमा पनि उद्योग, कलकारखाना, सवारीसाधनजस्ता प्रदूषण निम्त्याउने खालका स्रोत नियन्त्रण गर्न विशेष नीति नियमको व्यवस्था गर्नुपर्छ। 

Xtrem

Xtrem

धूमपानबाट निम्तने फोक्सोको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यसैले धूमपान नगर्नु नै फोक्सोको समस्याबाट जोगिने अर्को प्रमुख उपाय हो। यद्यपि धूमपान नगर्नेमा पनि फोक्सोको क्यान्सर हुन सक्छ। तर, बढी जोखिममा धूमपान गर्नेहरु नै हुन्छन्। 

(श्वासप्रश्वास तथा फोक्सो रोग विशेषज्ञ डा आचार्य नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छन्।) 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ
सुनको भाउ घट्यो
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्