• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सधैँ सास्ती कर्णाली राजमार्गको यात्रामा

64x64
नेपाल लाइभ बुधबार, भदौ २६, २०८१  १३:०५
1140x725

मान्म (कालीकोट)– कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ। राजमार्गको स्तरोन्नति नहुँदा बाँके नेपालगञ्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको साढे तीन सय दूरी सडकखण्ड पार गर्नका लागि यात्रुहरुले बाह्रैमास निकै सास्ती खेप्नुपर्ने हुन्छ। 

अठार वर्षअघि खुलेको कर्णाली राजमार्ग आजसम्म पनि उस्तै अवस्थामा रहेको छ। कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मको सडकखण्ड एसियाली विकास बैङ्कको सहयोगमा आठ वर्षअघि कालोपत्र भएको भए पनि धेरै ठाउँमा बाढीपहिरोका कारणले उप्किसकेको छ। कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुका नागरिकको ‘लाइफलाइन’ पनि हो। यस सडकको निर्माणले गति नलिँदा माथिल्लो कर्णालीका यात्रा गर्ने नागरिकले सास्ती भोग्ने गरेका छन्।

त्यस्तै, कर्णाली राजमार्गअन्तर्गत नेपाल प्रमुख पर्यटकीय गतव्य मुगुको राराताल जाने सडकको अवस्था पनि उस्तै रहेको जुम्ला तातोपानी गाउँपालिका–४ का राजबहादुर शाहीले बताए। “अहिले बर्खाको समय भएकाले कर्णाली राजमार्गको नाग्म–गमगढी सडकको अवस्था जीर्ण छ। त्यसमाथि ठाउँठाउँमा पहिरोले गन्तव्यमा पुग्ने समय निश्चित हुँदैन,” उनले भने, “नाग्म–गमगढी सडकको कोइरेली, बड्की, बिष्टबाडा, रोकायबाडा, गोठीज्युलालगायत ठाउँमा सडक निकै अप्ठयारो छ।” 

कर्णाली राजमार्गको दुई सय ३२ किलोमिटर सडकमध्ये सडक डिभिजन कार्यालय जुम्लाले एक सय किलोमिटर र सडक डिभिजन कार्यालय सुर्खेतले एक सय ३२ किलोमिटर सडक हेर्ने जिम्मा लिएका छन्। सडक डिभिजन कार्यालय सुर्खेतले सुर्खेतदेखि कालीकोटसम्म र सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटदेखि जुम्लासम्म सडक हेर्दै आएका छन्। 

कर्णाली राजमार्गको कालीकोटको सुनारखोला, पिली, मोल्फा, खल्लागाडलगायत ठाउँमा दिनहुँ आउने पहिरोले यात्रुहरु समस्यामा पर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवम् इञ्जिनियर वीरबहादुर जिटीले बताए। “त्यो क्षेत्रलाई हेरेर हेभी इक्विप्मेन्टहरु राखेका छौँ,” उनले भने, “ती ठाउँमा कतिबेला पहिरो जान्छ भन्ने कुरा पत्तो नै हुँदैन।”

ठेक्का लगाउने निकायको राम्रो निगरानी नहुने र निर्माण व्यवसायीको कमाउने मनसाय भएकाले सडकमा समस्या हुँदै आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। “अबदेखि कार्यालयले निर्माण व्यवसायीलाई सडक मर्मत गर्दा निस्केको माटोको व्यवस्थापन आफैँले गर्नु पर्नेछ भनेर सम्झौतामा लेख्नु पर्नेछ,” उनले भने, “निगरानी पनि त्यही अनुसार गरे मात्र यस्ता समस्याको समाधान हुनेछन्।”

सबैभन्दा बढी समस्या कालीकोटमा भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले बताउनुभयो। उहाँले सम्झौतामा त्यसरी नलेखिएको जानकारी दिए। तर निर्माण व्यवसायी आफैँले पनि थाहा पाउनुपर्ने विषय भएकाले सडकमा माटोको ढिस्को पारेर छाड्नु उनीहरुकै लापर्बाही भएको बताए। 

कर्णाली राजमार्गमा बर्सेनि सडक मर्मतका नाममा करोडौँ रुपैयाँ खर्च हुने गरेको भए पनि सडकको अवस्था उस्तै रहने गरेको छ। बर्सेनि कर्णाली राजमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटी छ। अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्गको मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आव २०७८/८९ मा २६ करोड बजेट खर्च आव २०७९/८० सोही हाराहारीमा बजेट खर्च भएको थियो।

Ncell 2
Ncell 2

विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्कामार्फत काम सुरु गरिएको थियो। निर्माण व्यवसायीले ठेक्का पनि हाले तर सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरे, कतै ओटासिल गरिएको थियो। तर सडकको अवस्था उस्तै रहेको खाडाँचक्र नगरपालिका–६ दाहाँका स्थानीय नरबहादुर शाहीले बताए। 

अगाडिबाट ओटासिल हाले पनि पछाडिबाट उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुलीमन पूर्ववडाध्यक्ष खड्कराज शाहीले बताउनुभयो। “मेरो वडाको राँचुलीमा सडकमा कालोपत्र गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको छ,” उनले भने, “केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेको जस्तै जीर्ण बनेको छ।” 

सडक कालोपत्र गर्दा सडकमा रहेको माटो राम्रोसँग सफा गर्ने त्यसपछि पानीले माटो सबै बगाएर खाली कङ्क्रिटमाथि कालोपत्र गर्दा मात्र त्यो सडक बलियो हुने आफूले सुनेको पूर्ववडाध्यक्ष शाहीले बताए। 

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन्। भिरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन्। साँघुरो र अप्ठेरो सडकमा सेफ्टी बारले पनि सुरक्षित महसुस गर्न सकिन्थ्यो तर त्यही पनि जीर्ण भएका कारणले डर लाग्ने गरेको कर्णाली राजमार्गमा सवारी चलाउँदै आएका चालक राजन कार्कीले बताए। 

“कर्णाली राजमार्गमा लगाइएका सेफ्टी बार पहिरोले भाँचिएका छन्। खिया लागेर जीर्ण बनेका छन्,” उनले भने, “यो राजमार्गमा सवारी चलाउनका लागि पनि समस्या हुने गरेको छ।”

मुख्य राजमार्ग भएर खनिएका सहायक सडक पनि कर्णाली राजमार्गमा आउने बाढीपहिरोका समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। शुभकालिका गाउँपालिकाको केन्द्रसम्म जान निर्माण गरिएका ग्रामीण सडकबाट दैखोला, गगनेखोलामा सधैँ पहिला ढुङ्गासहित आएको पहिरोले आउने गरेको डिभिजन सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन मण्डलले बताए। 

“भर्खरै कालीकोटको शुभकालिका गाउँपालिका जाने बाटोको माटो र ढुङ्गा एकै साथ आएपछि गगने खोलामा लगाएको पर्खाल र सडक पूरै बगाएपछि सडक अबरुद्ध भएको थियो,” उनले भने, “सहायक सडकका कारणले सधैँ समस्या हुने गरेको छ।”

कर्णाली राजमार्गमा भएका सानादेखि ठूला दुर्घटनाका घटना थुप्रै छन्। २०६३ चैतमा भएको बस दुर्घटनामा ४२ जनाले ज्यान गुमाएका थिए। कालीकोटको हुम्लादेखि सुर्खेतका लागि प्रस्थान गरेको बस दैलेखको आठबिस नगरपालिका–५ को किटुमा दुर्घटना भएको थियो। यो दुर्घटनालाई कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबैभन्दा ठूलो र भयानक दुर्घटना मानिन्छ। 

कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सीमित रहेन। यात्रुवाहक सवारीसाधन दुर्घटना हुने क्रम बढिरहेको छ। २०६८ मा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए। २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। त्यसबीचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो। नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नंको बस मुगुको छायानाथ रारा नगरपालिका–७, पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो।

कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो।

यसैगरी, गत वर्ष कालीकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको हो। समीक्षा अवधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए।रासस

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बढ्यो अमेरिकी डलरको मूल्य
यी हुन् प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने अस्थायी मतदाता
प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
बढ्यो अमेरिकी डलरको मूल्य शनिबार, पुस १२, २०८२
यी हुन् प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने अस्थायी मतदाता शनिबार, पुस १२, २०८२
प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै शनिबार, पुस १२, २०८२
आज काठमाडौँका यी स्थानमा काटिँदै छ बिजुली शनिबार, पुस १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्