• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'जनैपूर्णिमा पहिले पढाइ सुरु गर्ने दिन थियो, अहिले पूजाआजा गर्ने दिनमा सीमित भयो'

64x64
नेपाल लाइभ आइतबार, भदौ २, २०८१  १८:००
1140x725

काठमाडौं– हरसाल आउने श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ। नाम नै जनैपूर्णिमा भएकाले तागाधारी जातिले यसै दिन जनै फेर्ने गर्छन्। यो दिन रक्षा बाँध्ने चलन पनि छ।

अचेल भारतीय प्रभावका कारण दिदीबहिनीले दाजुभाइलाई रक्षा बाँध्न पनि थालेका छन्। अहिले समाजमा व्याप्त जनै लगाउने र रक्षा बाँध्ने कुरा यस दिनको एउटा सानो पाटो मात्र हो। शास्त्रहरूमा श्रावणशुक्लपूर्णिमाका दिन गरिने विभिन्न कार्यको उल्लेख पाइन्छ।

तीजमा जनै लगाउने चलन
मेरो अध्ययनमा मैले के पाएको छु भने ऋग्वेदी अर्थात् ऋग्वेदलाई मान्ने, यजुर्वेदी अर्थात् यजुर्वेदलाई मान्ने र अथर्ववेदी अर्थात् अथर्ववेदलाई मान्नेले खासगरी श्रावणशुक्लपूर्णिमालाई मान्छन्।

सामवेदी अर्थात् सामवेद मान्नेहरूको चलन भने अलि फरक छ। उनीहरूको चाहिँ भाद्रशुक्लतृतीया अर्थात् तीजका दिनमा हस्तनक्षत्र परेका दिन जनै मन्त्रने, लगाउने र डोरो बाँध्ने चलन छ।

अहिले पनि केही त्रिपाठी ब्राह्मण परिवारले त्यसलाई निरन्तरता दिएका होलान् भन्ने मलाई लाग्छ। नेपाली साहित्य क्षेत्रका एकजना चर्चित व्यक्तित्व वासुदेव त्रिपाठीज्यू र उहाँको परिवार पनि सामवेदी हुनुहुन्छ।

पढाइसँग जोडिएको चाड

अहिले भन्दा धेरैलाई अचम्म लाग्ने कुरा के हो भने जनैपूर्णिमा भनेको जनै लगाउने वा डोरो बाँध्ने पर्वभन्दा पनि बढी पढाइसँग जोडिएको चाड हो। 'उपाकर्म'लाई 'उपाकरण' पनि भनिन्थ्यो। यसलाई पूरा रूपमा भन्दा 'छन्दसामुपाकर्म' भनिन्छ।

'उपाकर्म'को अर्थ कुनै पनि कामको 'थालनी गर्नु' भन्ने हुन्छ। शास्त्रहरूमा 'अध्यायोपाकर्म' र 'स्वाध्यायोपाकर्म'जस्ता शब्दहरू पनि प्रचलनमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'छन्दसामुपाकर्म'को अर्थ 'वेदहरूको अध्ययनको थालनी' हुन जान्छ। शास्त्रहरूमा यसबारे उल्लेख भएको देख्दा 'उपाकर्म' वैदिक कालमै सुरु भएको जस्तो लाग्छ।

'उपाकर्म' र 'उत्सर्जन' अर्थात् पढाइ रोक्ने काम कहिले गर्ने भन्ने विभिन्न शास्त्रमा उल्लेख गरिएको पाइन्छ। उदाहरणका लागि श्रावणशुक्लपूर्णिमामा श्रवणनक्षत्र परेका बेला 'उपाकर्म' गर्नू भनेर 'पारस्करगृह्यसूत्र'मा लेखिएको छ।

अन्य 'गृह्यसूत्र'हरूमा पनि 'उपाकर्म' र 'उत्सर्जन'बारे उल्लेख भएको छ र धेरैमा कि त श्रावणशुक्लपूर्णिमा वा भाद्रशुक्लपूर्णिमामा निश्चित नक्षत्र परेको अवस्थालाई उपयुक्त ठहर गरिएको छ।

ती ग्रन्थहरूमा बढीमा ६ महिनासम्म वेद पढाएर त्यसपछि 'उत्सर्जन' गर्न भनिएको छ र त्यसका लागि पनि कुन तिथि र कुन नक्षत्र परेको अवस्था उपयुक्त हुन्छ भन्ने कुरा उल्लेख गरेको पाइन्छ।

Xtrem

Xtrem

'उपाकर्म'को चलन
विशेषगरी हाम्रो पूर्वीय पद्धति भनेको गुरुकुल शिक्षा प्रणाली हो। यो चलन वैदिक कालदेखि नै चलेर आएको देखिन्छ। 'उपाकर्म'का बेलामा नयाँ विद्यार्थीहरू गुरुकुलमा गएर आफ्नो पढाइ आरम्भ गर्थे।

पुराना विद्यार्थी चाहिँ अहिलेको भाषामा वा अङ्ग्रेजीमा भन्नुपर्दा 'रिफ्रेसर कोर्स' लिन्थे। त्यस्तो 'रिफ्रेसर कोर्स' दुई महिनासम्म चल्थ्यो। गुरुकुल शिक्षामा आफूले पढेको कुरा आजन्म स्मरणमा रहनुपर्छ भन्ने मान्यता थियो।

सोही मान्यता अनुरूप पुराना विद्यार्थी पनि यसै दिनदेखि पढिसकेको कुरा 'दोहोर्‍याउन' जान्थे। 'दोहोर्‍याएर पढ्नु' भन्ने बुझाउनका लागि नेपाली भाषामा ‘उध्रनु’ भन्ने शब्द भएकोले पनि पढेको कुरा उपस्थित राख्नुको कति महत्त्व थियो भन्ने स्पष्ट हुन्छ।

त्यस बेला पढेको कुरा सम्झनु पर्ने बाध्यता किन पनि थियो भने वारंवार शास्त्रार्थ हुन्थे र त्यसका लागि विद्वान्‌हरू तयार भएर बस्नु पर्थ्यो। शास्त्रार्थ भनेको कुनै शास्त्रका विषयमा गरिने तर्कवितर्क हो। त्यसमा कमजोर परियो भने आफूलाई कसैले विद्वान् मान्दैनन् भन्ने मान्यता थियो।

कतिसम्म हुन्थ्यो भने कुनै सहरमा कोही चर्चित छ भने त्यहाँ अन्यत्रबाट कोही आएर 'ल म तपाईँसँग शास्त्रार्थ गर्छु' भन्यो भने त्यसका लागि तयार हुनुपर्थ्यो। कुनै पनि व्यक्तिले कति शास्त्रार्थ गर्न सक्यो भन्ने आधारमा उसको मान बढ्ने वा घट्ने हुन्थ्यो।

कुनै पनि व्यक्तिले आफूलाई सधैँ तयार अवस्थामा राख्नुपर्ने भएकाले जनैपूर्णिमाका दिन गुरुकहाँ गएर पहिले लिएको शिक्षालाई पनि दोहोर्‍याउने चलन उसबेला रहेछ भन्ने मलाइ लाग्छ।

'उपाकर्म'को विधि गर्दा ऋग्वेदीको सङ्कल्पले पनि त्यो सङ्केत गर्छ। उनीहरूले गर्ने सङ्कल्प यस्तो छ:

'मम अध्याप्यानां च अधीतानाम् अध्येष्यमाणानां च छन्दसां यातयामनिरासेना'

यसको भावार्थ हो- 'मलाई पढाइने, मैले पढेका र मैले पढ्न खोजेका वेदका मन्त्रहरूको बासीपना हटाएर'

रक्षाबन्धनको चलन
जनै त तीन/तीन महिनामा फेर्ने चलन छ। त्यस्तै जुठो पर्‍यो वा सूतक पर्‍यो भने पनि जनै फेर्ने चलन छ। रक्षाबन्धन पनि घरमा पूजाआजा गर्दा अथवा रुद्री पाठ गर्दा वा न्वारान आदी कर्ममा यस्तो डोरो बाँध्ने चलन छ।

अचेल मानिसहरूले डोरो बाँध्ने भनेको जनैपूर्णिमाका दिनमा मात्र भन्ने बुझ्न थालेका छन्। यो बिलकुलै आंशिक बुझाइ मात्र हो। जनै फेर्ने र रक्षाबन्धन गर्ने भन्ने कुरा त 'उपाकर्म'मा गौण हो भन्दा पनि हुन्छ।

मैले अध्ययन गरेका शास्त्रका आधारमा भन्दा रक्षा बाँध्ने प्रसङ्ग १७औँ शताब्दीभन्दा अगाडिका ग्रन्थमा पाइएको छैन। त्यसले गर्दा जनै लगाउने चलन जति पुरानो हो, रक्षा बाँध्ने चलन त्यति पुरानो होइन। जनैको चर्चा पनि पहिलो पटक बौधायन धर्मसूत्रमा र वसिष्ठ धर्मसूत्रमा आउँछ।

डोरो बाँध्दा भनिने मन्त्र 'येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल' वैदिक संस्कृतमा नलेखी लौकिक संस्कृतमा लेखिएकाले पनि यो चलन पौराणिक हो, वैदिक होइन भन्ने देखाउँछ।

अब हाम्रै कालमा रक्षा बाँध्ने चलनसँगै 'राखी' अर्थात् दिदीबहिनीले दाजुभाइलाई डोरो बाँध्ने चलन पनि आयो। त्यसैले जनैपूर्णिमामा डोरो बाँध्ने चलन पछि थपिएको हुनुपर्छ।

महिलालाई महत्त्व
जनैपूर्णिमाका दिनमा मुख्य रूपले ब्रह्माको पूजा गर्ने चलन छ। त्यस दिनमा ब्रह्मापछि पूजा गरिने भनेको सप्तर्षिको हो। सप्तर्षिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ पर्छन्।

वसिष्ठकी पत्नी अरुन्धतीको पनि त्यस क्रममा पूजा हुन्छ। ब्रह्मा र सप्तर्षिका साथै अरुन्धतीको कुशको प्रतीक बनाएर पूजा गर्ने चलन छ। यी सबै प्रतीक बनाउन १२४ वटा कुशका डाँठ आवश्यक पर्छ। त्यसमा तलदेखि माथिसम्म काँचो धागोले बेर्ने काम गरिन्छ।

हरेक डाँठमा तीनवटा सग्ला पात हुनुपर्छ । पचासवटा कुशले ब्रह्मा बनाएर तलदेखि शिखासम्म काँचो धागोले बेर्दै बाँध्ने गरिन्छ। त्यसैगरी १३ वटा कुशले ब्रह्माको एउटा र १२ वटा कुशले अर्को हात बनाइन्छ भने २५ वटाले उनको आसन बनाएर प्रतीक तयार पारिन्छ।

सातजना हरेक ऋषिको र अरुन्धतीको तीन/तीन वटा कुशले बनाउँदा २४ वटाले प्रतीक तयार हुन्छन्। यो पूजा विधिमा एउटा रोचक कुरा के छ भने त्यसको अन्त्य ऋषि परम्पराका ७० पुस्ता ऋषिको नाम उच्चारण गर्दै गर्नुपर्छ।

त्यसका लागि शुक्लयजुर्वेदका ५४ वटा मन्त्र एकएक गर्दै पढेर प्रत्येक मन्त्रपछि 'वेदोक्ता ऋषयस्तृप्यन्ताम्' भन्ने संकल्प गर्नुपर्छ। यसको अर्थ 'वेदमा कहिएका ऋषि तृप्त होऊन्' भन्ने हो। तर यहाँ ऋषिहरूको नाउँ अनौठो किसिमले लिइन्छ। उनीहरूलाई आमाको नामले पुकारिन्छ।

जस्तो 'फलानीको छोरो' भनेर पहिले पुकारिन्छ अनि 'तृप्यन्ताम्' भनिन्छ। यस्तो संकल्प गर्दा पिताको उल्लेख हुँदैन, माताको मात्र उल्लेख हुन्छ र ऋषिको नामको साटो 'फलानीको छोरो' भनिन्छ।

यो हेर्दा जुन बेला यो चलन सुरु भयो त्यस बेला महिलालाई बढी महत्त्व दिइन्थ्यो होला जस्तो लाग्छ।

पढाइ र प्रकृति
पढाइ र प्रकृति पनि जोडिएका विषय भएको कतिपय ग्रन्थमा उल्लेख गरिएका कुराले देखाउँछन्। त्यस्ता कुरामा विशेष गरी वर्षासँग पढाइलाई जोडेको पनि पाइन्छ। जनैपूर्णिमा पनि बर्खामा पर्ने भएकाले त्यसलाई जोडेर कतिपयले हेर्ने गरेका छन्।

ऋग्वेदको मण्डूकसूक्तमा यसबारे एउटा प्रसङ्ग रहेको छ। त्यसमा एक ठाउँमा 'वर्षा ऋतुमा भ्यागुताहरू टरटर गरेर कराउँछन्, जसरी बाहुनहरू वेद पढेर कराउँछन्' भनेर भनेको छ।

त्यस आधारमा 'उपाकर्म'लाई वर्षा ऋतुमा गर्ने कर्म र वैदिक अध्ययनसँग पनि जोड्न सकिन्छ। यसै प्रसंगमा नेवारहरूको एउटा परम्परा छ र त्यसलाई उनीहरू 'ब्याञ्चा नकेगु' भन्ने गर्छन्। त्यस दिन अर्थात् जनैपूर्णिमाका दिन उनीहरूले खेतमा गएर भ्यागुतालाई भात खुवाउछन्।

त्यो परम्परालाई पनि हामीले वैदिक अध्ययनसँग जोडेर हेर्न सक्छौँ। नेवार समुदायले यो कार्य पनि जनैपूर्णिमाकै दिन गर्ने भएकाले कुनै न कुनै रूपमा यो पनि 'उपाकर्म'सँग जोडिएको हुनुपर्छ भन्ने मलाइ लाग्छ।

पठनारम्भ हरायो, जनै लगाउने चलन रह्यो
जनैपूर्णिमामा पढाइ सुरु गरिने भए पनि यो अक्षरारम्भ भन्दा पनि वेदारम्भ वा वाङ्मयारम्भको दिन हो। अक्षरारम्भका लागि कुनै पनि लिपिको चलन चलेको हुनुपर्छ। 'उपाकर्म' त्यसरी लिपिसमेत नबन्दै श्रुति परम्पराकै बेलामा चलेको चलन जस्तो देखिन आउँछ।

त्यसैले यो अति प्राचीन पर्व हो भन्न हामीले सक्छौँ। तर पछि त्यसमा अनेकौँ कुरा थपिँदै गए र पढाइको पर्वभन्दा यो अर्कै बन्न पुग्यो। पुराना ग्रन्थको अध्ययनले यो पर्व पढाइसँग जोडिएको देखाए पनि अहिले त्यसको अंश पनि बाँकी छैन।

वैदिक अध्ययनको परम्परा त ईसवी सन् सुरु हुनु अघिबाटै कमजोर बन्न थालेको सङ्केत विभिन्न शास्त्रमै उल्लेख भएका कुराबाट पाइन्छ। त्यसले गर्दा पढाइको पर्वमा पनि विद्यारम्भको कुरा गौण हुन पुग्यो र जनै लगाउने कुरा मात्र बाँकी रह्यो। त्यसमा पनि डोरो बाँध्नेजस्ता अरू कुरा थपिए, जसरी हाम्रै जीवनकालमा 'राखी' भनेर दिदीबहिनीले दाजुभाइलाई डोरो बाँध्ने चलन फैलियो। बीबीसी नेपाली सेवा

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री?
सम्बन्धित सामग्री
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्