• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अटिजम भएको कतिबेला शंका गर्ने?

भोजराज पोख्रेल शनिबार, साउन १२, २०८१  ११:२०
1140x725

अटिजम भन्नाले मस्तिष्कको असाधारण अवस्था हो।  यो एक किसिमको जन्मजात हुने समस्या हो। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएता पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो।

अटिजम स्नायु तथा नशाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो। यो जन्म जात नशा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रुप हो। अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर वा अटिजम स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ। विश्व स्वास्थ्य संगठनले गरेको अनुसंन्धानको आधारमा  १०० जना बालबालिकामा १ जनामा अटिजम हुन्छ भने सिडिसीको २०२२ को रिर्पोट अनुसार ३६ जना बच्चामा १ जनामा अटिजम हुन्छ भनेका छन्। साथै ४ जना पुरुषलाई हुँदा १ जना महिलालाई ४.१ को रेसियोमा देखिन्छ। हाल नेपालमा २ लाख ५० हजार देखि ३ लाख बालबालिकामा अटिजम छ भने नयाँ केशहरु २०२२ को तथ्याङले ३६५ जना बालबालिकामा अटिजम निदान भएको छ भन्ने तथ्याङक रहेको छ।

अटिजम हुनुको कारण
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानहरुले यसको वास्तविक कारण यही नै हो भनेर किटानीका साथ भन्न सकेको अवस्था छैन। अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभावले हुन्छ भन्ने गरिन्छ भने यसका आन्तरिक र अन्य कारणहरुमा दम्पतिहरुले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा,२६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको संक्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाबीचको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुन सक्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

अटिजमको सामान्य लक्षण तथा चिन्हहरु  
बच्चा एक्लै खेल्न मन पराउने, एक अर्कामा आँखा जुधाउन नसक्नु , अस्वभाविकरुपले हाँस्ने वा कराउने , उमेर अनुसार बोलि नफुट्ने , आफ्ना समान उमेरका साथीहरुसँग घुलमिल हुन मन नपराउने। घाउ चोटपटक लाग्दा दुखाई महसुस नहुनु,  सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु। साङकेतिक भाषाको प्रयोग गर्न नसक्नु उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु ठुलो आवाज सुन्दा कान थुन्ने झर्को लागेको जस्तो ब्याबहार देखाउने, एउटै मात्र खेलौना खेलिरहनु, सामान्य शिक्षण विधिबाट पठन पाठन गर्न नसक्नु , केही कुरा कम हुँदा बढी भएको महसुस र बढी हुँदा कम भएको महसुस गरेको ब्यवहार प्रकट गर्ने  जस्ता लक्षणहरु देखा पर्दछन। 

अटिजम भएको वा नभएको कतिबेला शंका गर्ने
अटिजम मस्तिस्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मपछि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन भने अटिजमको शंकागर्न सकिन्छ। बालबालिकाले उमेर अनुसारको गतिविधि गरेका छैन वा असमान्य ब्यवहार देखाउँछन् भने अटिजम हुन सक्दछ। समयमै पहिचान गर्न सके त्यास्ता बालबालिकाको उचित ब्यवस्थापन गर्न सकिन्छ।

अटिजमको पहिचान कसरी गर्ने 
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रुपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने। आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरुलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने, एउटै कुरा दोहोर्‍याउने आदी हुन्छ। इन्द्रियहरुको उतारचढापका कारण अटिजम भएका बालबालिकाहरुले वातावरण ब्यक्ति र बस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन। बालबालिका जन्मिएदेखि लगभग २ वर्षसम्म प्रष्ट रुपमा यसका लक्षण चिन्ह गाह्रो हुन्छ।

अटिजम हुन नदिन के गर्ने
गर्भधारणको समयदेखि जन्मअवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिडको सेवन गर्ने। आफ्नो बालबालिकालाई अधिकांश समय दिने। आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने। आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह लिने। जति छिटो बच्चाको अवस्था थाहा हुन सक्यो त्यातिनै उनीहरुको संन्चारमा सहजता ल्याउन सकिन्छ। थेरापीको माध्यामबाट सहज तरिकाले सन्चार प्रक्रियाको लागि सक्रिय बनाउन सकिन्छ। 

यसको उपचार पद्धति 
यस रोगको उपचार भनेको थेरापी नै हो। समयमै रोग पहिचान  थेरापी दिनुनै यसको महत्वपुर्ण उपचार हो। अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक ब्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ। बालबालिकाका प्रमुख गुरु नै आमा बाबा तथा अभिभावक हुन। अभिभावकले नै उनीहरुसँग सबैभन्दा बढी समय बिताउने भएकाले यस्तो समस्या भएका बालबालिकाका अभिभावकलाई नै बिहेवियर थेरापी तालिम दिनु  पर्दछ। अभिभावकले नै घरमा बालबालिकालाई विभिन्न परिस्थितिमा वातावरण सुहाँउदा खेल खेलाउदैं थेरापी दिनु पर्दछ। अटिजम भएका बालबालिका हरुलाई बौद्धिक रुपमा ठिक ठाँउमा ल्याउन र आफुमा आत्मनिर्भर बनाउन थेरापीको विधिबाट अभिभावकको महत्वपुर्ण भुमिका रहन्छ। 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ
सम्बन्धित सामग्री
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्