• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अपराधी समाउन नसकेको रिसमा कानुनमा मृत्युदण्ड लेख्नुपर्छ भन्न मिल्दैन : विन्दा पाण्डे [भिडियाे]

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०९:१९
1140x725

चैत १२ गते प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्ताव भदौ ८ गते संसद्बाट सर्वसम्मतिले पारित भयो। संकल्प प्रस्ताव दर्ता भएकै समयमा ६ महिने बालिकालाई अपहरण गरी बलात्कारपछि हत्या भएको आशंका र ७० वर्षीया वृद्धामाथि बलात्कार भएको घटना सार्वजनिक भए।

_x000D_ _x000D_

अर्कातर्फ निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा स्थानीय सरकार र प्रहरी प्रशासन प्रमाण मेटाउन लागेका खबर सार्वजनिक भए। र, सिंगो मुलुक निर्मलाको न्यायका लागि सडकमा ओर्लिएको छ। केही समयअघि मात्र संसद्बाट पारित संकल्प प्रस्ताव, बढ्दो बलात्कारका घटना, दोषीलाई कारबाहीको अवस्थालगायतका विषयमा प्रतिनिधिसभाकी सांसद विन्दा पाण्डेसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको कुराकानीमा आधारित आलेख :

_x000D_ _x000D_

हामीले विगत एक वर्षदेखिको तथ्यांक अध्ययन गरेपछि हरेक दिन तीनजना महिलामाथि जबरजस्ती करणीका घटना हुने गरेको देख्यौं। वृद्ध, अपांग र बालबालिकामाथि यस्ता घटना झन् धेरै भएका रहेछन्। आफूमाथि घटना हुँदा सामान्य प्रतिकार गर्नसमेत नसक्ने अवस्थाका महिला नै बढी असुरक्षित भइरहेको अवस्थामा संकल्प प्रस्ताव संसद्मा दर्ता भयो। सामूहिक रुपमा आएको संकल्प प्रस्ताव महिला हिंसाका घटनाविरुद्ध जनप्रतिनिधिहरु हाम्रो साथ र पक्षमा छन् भन्ने अनुभूति त्यो समुदायलाई दिनुपर्छ भनेर ल्याइएको हो। सरकार संकल्प प्रस्तावमा भएका विषय कार्यान्वयन गर्न अगाडि बढेको छ। 

_x000D_ _x000D_

महिलामाथि हुने हिंसाले महिला मात्र पीडित छैनन्। त्यसको प्रभाव परिवार, समाज र सिंगो देशलाई नै पर्ने गरेको छ। सामाजिक कुसंस्कार र कुकार्यप्रति हामी जनप्रतिनिधिले सामूहिक रुपमा प्रतिवद्धता जाहेर गर्दै संकल्प प्रस्ताव पारित गरेका हौं। र, यसले अझ सबै जनप्रतिनिधिलाई बढी जिम्मेवार र गम्भीर बनाएको छ। 

_x000D_ _x000D_

प्रस्तावमा पीडकलाई कडा कारबाहीको व्यवस्था र पीडितलाई उपचार, क्षतिपूर्ति र सामाजिक पुनःस्थापनाको विषय प्रमुखताका साथ उठाइएको छ। 

_x000D_ _x000D_

अर्को, राष्ट्रियस्तरमा नै महिला हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उल्लेख छ। ‘अब छोरीलाई मात्र सुरक्षित होऊ’ भनेर हुँदैन। जो मान्छे हिंसासँग जोडिंदै आएर हिंस्रक बनेको छ, त्यस्ता व्यक्तिलाई समुदायमा हिंस्रक हुन नदिन सचेत बनाउनु पर्‍यो। हिंसा न्यूनीकरण गर्ने हो भने पुरुषकेन्द्रित भएर सुसंस्कार सिकाउने अभियान सुरु गर्न आवश्यक छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अर्को महत्वपूर्ण विषय, महिला हिंसा घटाउन संकल्प प्रस्तावमा राखिएको पाठ्यक्रमको सन्दर्भ छ। अहिले पाठ्यक्रम पुनर्लेखन हुन लागेको छ। हामीले सानैदेखि छोराछोरीलाई हिंसा के हो? हिंसाबाट कसरी बच्ने? हिंसा हुन लाग्यो भने त्यसको प्रतिकार कसरी गर्ने? यस्ता विषय पाठ्यक्रमकै पाटो बनाएर दिनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हाम्रो समाजमा रहेको पितृसत्तात्मक दृष्टिकोणका कारण महिलामाथि हिंसा हुने गरेको छ।  समाजमा स्थापित मूल्यमान्यताअनुसार जसरी महिला र पुरुषलाई फरक दिशाबाट निर्देश गरिंदै आइएको छ, त्यसले महिला हिंसाका घटनालाई प्रोत्साहन गरेको हो। 

_x000D_ _x000D_

अहिले संसद्भित्र र बाहिर पनि बलात्कारीलाई फाँसीको माग उठिरहेको छ। तर, अन्तर्राष्ट्रिय मान्यताअनुसार यसलाई हामीले लागू गर्न सक्दैनौं। तर, फाँसीकै सजायमा जान नसके पनि के सजाय दिन सकिन्छ भन्नेबारे बृहत छलफल भएपछि अहिले मुलुकी फौजदारी संहिताको संशोधन प्रस्ताव राष्ट्रिय सभामा छ। 

_x000D_ _x000D_

प्रतिकार नै गर्न नसक्ने महिलामाथि हुने बलात्कारमा संलग्न व्यक्तिलाई सर्वस्वसहित बाँचुञ्जेल आजीवन कैदको व्यवस्था हुनुपर्ने प्रस्ताव मुलुकी फौजदारी संहिताको संशोधन प्रस्तावमा राखिएको छ। 

_x000D_ _x000D_

बलात्कारीलाई पहिले सजाय निकै कम थियो। अहिले अपराध हेरेर महिलाको उमेरअनुसार बलात्कारमा संलग्नलाई सजायको व्यवस्था गरिएको हो। जस्तै १० वर्ष भन्दा कम उमेरका नानीलाई बलात्कार भनेको नै थाहा छैन। यस्तोमा संलग्नलाई जन्मकैद हुनुपर्छ। १० देखि १६ वर्षसम्मका बालिकालाई हामीले जानकारी दियौं भने उनीहरु सचेत हुन सक्छन्। घटना हुन थाल्यो भने चिच्याउन सक्छन्। बुबाआमालाई भन्न सक्छन्। त्यसकारण घटनाअनुसार सजायको व्यवस्था गरिएको हो।  

Xtrem

Xtrem
_x000D_ _x000D_

बलात्कारका सबै घटनामा एउटै व्यवस्था न्यायसंगत हुँदैन कि भन्ने ढंगले कानुनी कारबाहीको व्यवस्था गरिएको हो। प्रतिकार गर्न नसक्ने अवस्थाका घटनामा सर्वस्वसहित जन्मकैदको व्यवस्था अहिलेलाई राखियो। अन्य सन्दर्भमा पुनः जनस्तरमा छलफल गरेर कानुनी कारबाहीको व्यवस्था परिवर्तन गर्न सकिन्छ। 

_x000D_ _x000D_

अन्तरपार्टी महिला सञ्जाल बनाएर दबाब दिने, संसदीय समिति बनाएर छानबिनको माग गर्ने वा प्रधानमन्त्रीलाई भेटेर सामूहिक दबाब दिने सन्दर्भमा चुके भन्ने आरोप महिला सांसदलाई लाग्दै आएको छ। यस्ता अभिव्यक्ति परम्परागत भएकी भन्ने लाग्छ। सिंगो संसद् एक भएर सरकारलाई महिला हिंसाविरुद्ध यी विषय कार्यान्वयन गर भनेर निर्देशन पठाएका छौं। अनि त्यसमा फेरि १० जना महिला सांसद छुट्टै गएर भेट्नुको के अर्थ हुन्छ र? सिंगो संसद्को एक मतले संकल्प प्रस्ताव पारित गरिसकेपछि अब, संघीय संसद् सचिवालयले मन्त्रिपरिषद्लाई संकल्प प्रस्तावमा भएका विषय कार्यान्वयन गर भनेर लेखेर पठाउँछ। 

_x000D_ _x000D_

संसद्भित्रै संकल्प प्रस्ताव त पास गर्‍यौं तर, यो प्रस्ताव पास गर्नेबित्तिकै अपराध रोकिने त होइन। प्रस्तावमा भएका विषयको कार्यान्वयनमा अनुगमन गर्ने, यसका कारण खोज्ने, जहाँ घटना हुन्छ, त्यहाँ गएर अनुगमन गर्ने विषयमा एउटा संसदीय समिति बनाउनेबारे दुवै सदनमा छलफल भइरहेको छ। यसबारे सरकारले कसरी जवाफ दिन्छ, हामी पर्खिरहेका छौं। त्यो बन्यो भने सबैभन्दा राम्रो। त्यसैले केही सांसद डेलिगेसन जानुभन्दा बलियो संकल्प प्रस्ताव नै छ। बलात्कारविरुद्ध अहिले जसरी आन्दोलन चर्किरहेको छ, त्यो आन्दोलनलाई संकल्प प्रस्तावबारे बुझाउन नसकेको भने हुनसक्छ। पाठ्यक्रम तयारका सन्दर्भलगायत आन्तरिक विषयमा हामी लागिरहेका छौं। 

_x000D_ _x000D_

सुरक्षा, कारबाहीलगायत विषय गृहमन्त्रालयसँग सम्बन्धित भएकाले गृहमन्त्रीलाई पनि हामीले आग्रह गरेका छौं। ‘एउटा बैठक बोलाउनुस्, सबैलाई राखेर छलफल गर्नुस्, त्यसमा हामी सल्लाह, सुझाव र सहयोग गर्छाैं भनेका छौं। 

_x000D_ _x000D_

महिला हिंसाका घटना बढी सार्वजनिक हुनुमा अहिले मिडियाको पहुँच विस्तार पनि मुख्य हो। परिवार र समाज पनि यसबारे सचेत हुँदै गइरहेका छन्। अब स्थायी सरकार बन्यो। यो सरकारले न्याय दिन्छ कि भन्ने ढंगबाट पनि घटना सार्वजनिक भएको हुन सक्छ। सामाजिक सञ्जाललगायत अन्य कारण पनि होलान्। तर, यहाँ बसेर कारण खोज्नुभन्दा सम्बन्धित क्षेत्रमा गएर कारण खोज्नुपर्छ। अनि मात्र यथार्थ बाहिर आउँछ। सामाजिक सञ्जाललाई पनि केही नियन्त्रण पो गर्नुपर्ने हो कि? यस्ता तथ्य पनि खोज्नुपर्छ र निष्कर्षमा पुग्न जरुरी छ।

_x000D_ _x000D_

अहिले सरकारले दोषीलाई कारबाही नै गर्दैन, पुलिसले उजुरी नै लिंदैन भन्ने छ। यस्तो अवस्थामा सरकारप्रति जनताको विश्वास जगाउन तत्काल प्रधानमन्त्री कार्यालयमा २४ सै घण्टा हटलाइन सेवा स्थापना गर्न सकिन्छ। यस्तै, प्रहरी हेडक्वार्टरमा पनि एउटा हटलाइन सेवा स्थापना गर्न सकियो भने सरकारप्रति जनताको विश्वास बढ्न सक्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

घटना भयो भने हरेक नागरिकले मेरो पक्षमा राज्य, प्रहरी प्रशासन र कर्मचारी प्रशासन छ भन्ने विश्वास दिलाउने दायित्व राज्यको हो। त्यसैले राज्यको सोचमा कहिं कतै दायाँबायाँ छ भने सच्चिनुपर्छ भन्ने मेरो आग्रह छ। 

_x000D_ _x000D_

पछिल्लो समय भइरहेका बलात्कारविरोधी आन्दोलन जनतामा आएको नयाँ खालको जागरण हो। यो कुनै राजनीतिक विचार, आवद्धता वा वैचारिक संस्थाका रुपमा भइरहेको आन्दोलन होइन। सचेत नागरिक न्यायको लागि सडकमा जानुपर्छ भन्ने सोचबाट आन्दोलन अघि बढेको छ। 

_x000D_ _x000D_

केही महिनाअघिसम्म बलात्कारका घटना हुँदा महिला आन्दोलन र महिलाहरु कहाँ गए? भन्ने आवाज सामाजिक सञ्जालमा सुनिन्थ्यो। तर, अहिले पुरुषले हाम्रा कारण यस्ता घटना घटेका हुन्, हामी पुरुष यसका विरुद्ध सडकमा जानुपर्छ भन्ने जागरण आएको छ। यो एकदमै नयाँ कुरा हो। हामी सही दिशामा अघि जाँदैछौं। 

_x000D_ _x000D_

बलात्कारीलाई मृत्युदण्डको माग गर्दै भइरहेका आन्दोलन र सडकमा नारा लगाउने विषयलाई पनि म अन्यथा लिन्नँ। नागरिकले दोषीलाई कारबाही भयो, पीडितसँग राज्य छ भन्ने अनुभूति गर्न नसक्दा यस्ता आक्रोश पोखिएका हुन्। तर, राज्यले कसरी आक्रोशलाई सम्बोधन गर्ने? हामी राज्यपक्ष भएकाले त्यस ढंगले संवेदनशीलता आउन जरुरी छ। 

_x000D_ _x000D_

बलात्कारीलाई मृत्युदण्डको मागभन्दा पहिले त अपराधी समात्न नसकिएको समस्या मुख्य हो। मृत्युदण्डको कानुन बनाउने तर अपराधी समात्न सकिएन भने कसलाई दिने मृत्युदण्ड? मृत्युदण्ड दिंदा निर्दोष मानिस पनि त पर्नसक्ने खतरा हुन्छ। त्यसैले न्याय दिने भनेको पीडकलाई मैले गल्ती गरें र पीडितलाई न्याय पाएँ भन्ने अनुभूति गराउनु हो। 

_x000D_ _x000D_

कुनै पनि अपराधमा संलग्न अपराधीलाई कानुनको दायरामा कसरी ल्याउने भन्नेतिर ध्यान केन्द्रित गर्नुपर्छ। तर, अपराधी समाउन नसकेको रिसमा कानुनमा मृत्युदण्ड लेख्नुपर्छ भन्न मिल्दैन जस्तो लाग्छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्