काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा भारत भ्रमणबारे जानकारी दिएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको जेनेभा र जर्मनी भ्रमणका बारेमा पनि जानकारी दिएका हुन्।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहणमा औपचारिक निम्तो आएपछि आफू गएको बताएका छन्। सन् २०१४ मा भाजपाले बहुमत ल्याउँदा पहिलोपटक मोदी प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला र २०१९ मा दोस्रोपटक मोदी प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गएको र यसपटक पनि निम्तो आएकाले आफू गएको उनको भनाइ छ।
यस्तै यसपटकको भ्रमण कुनै अजेण्डाका लागि भन्दा भिन्न भएकाले पहिला सदनमा जानकारी नगराइएको प्रचण्डले बताए। भारत भ्रमणका क्रममा मोदीलाई बधाई दिइसकेपछि आफूले नेपाल भ्रमणको निम्तो दिएको र उचित समय मिलाएर मोदीले नेपाल भ्रमण गर्ने वचन दिएकोसमेत जानकारी दिए।
यस्तै उनले यसबारेमा आफूले दुईपटक सदनमा जवाफ दिन खोजेपछि अन्य निर्धारित कार्यक्रममा जानुपर्ने भएकाले समय निमलेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।