काठमाडौं– दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन्।
बुधबार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी माग गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौता/सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।