काठमाडौं– सांसद एकनाथ ढकालले राजदूत नियुक्तिमा राजनीतिक भागबण्डा नगर्न सरकारसँग माग गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले परराष्ट्र मन्त्रालयको निर्देशिका अनुसार नै राजदूत नियुक्त गर्न माग गरे।
उनले भने, ‘सरकारले अहिले विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ। त्यो सरकारको अधिकारको कुरा पनि हो। अब खाली भएका देशमा राजदूत नियुक्तिमा विलम्ब नहोस्। तर राजदूत नियुक्त गर्दा परराष्ट्र मन्त्रालयको जुन निर्देशिका छ, सोही अनुसार होस्। न कि राजनीतिक भागबण्डामा।’
देशको आर्थिक कुटनीतिक भूमिका खेल्न सक्ने र उच्चस्तरीय भ्रमण गराउन सक्ने योग्य व्यक्तिलाई ने राजदूतका रुपमा नियुक्त गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।