काठमाडौं– नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन्।
यही जेठ २७ गते पुलको लठ्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन्।
पुलको लठ्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।