काठमाडौं– नेपाली कांग्रेसकी सांसद नागिना यादवले अछाममा पुलमा अड्डिएका खच्चडको उद्धारमा अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाएकी छिन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले अन्य उपायहरु अपनाउने विकल्प हुँदा हुँदै पनि दर्दनाक तरिकाले सिधै कर्णालीमा खसालिएको भन्दै आपत्ति जनाएकी हुन्।
हिमाली र पहाडी क्षेत्रका जनताको पेट भर्न क्वीन्टलका क्वीन्टल बोकेर ढुवानीको काम गर्ने खच्चडलाई उद्धारका क्रममा सिधै नदीमा खसालिएको र त्यसक्रममा दुई खच्चड मारिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्।
उनले भनिन्, ‘हिमाली र पहाडी क्षेत्र जहाँ सडक सञ्जाल छैन। त्यहाँका जनताका लागि ढुवानीको काम खच्चडले नै गर्दै आएका छन्। तर अस्ती पुलमा अड्डिका खच्चडलाई उद्धारका नाममा दर्दनाक तरिकाले नदीमा खसालियो। एक एकदमै आपत्तिजनक हो। उनीहरुलाई एन्स्थेसिया या अन्य कुनै भ्याक्सिन तथा डोरीले बाँधेर पनि उद्धार गर्न सकिन्थ्यो। तर जनावर भएकै कारण सिधै नदीमा खसालियो। यसमा आपत्ति जनाउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।