धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज सत्तागठबन्धन दललाई समेट्दै मुख्यमन्त्री सोडारीले ११ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्।
मुख्यमन्त्री सोडारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व लिने गरी जिम्मेवारी विभाजन गरेका छन्।
प्रदेशको आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य सुरेन्द्र पाल, सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाटलाई जिम्मेवारी दिँदै मन्त्रिपरिषद् गठन गरे।
आज नियूक्त भएका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावल, लक्ष्मी विक, एकीकृत समाजवादी पार्टीकी माया पन्त र नेकपा एमालेका हिरा सार्की र विरबहादुर थापा बिना विभागीय मन्त्रीमा नियूक्त भए।
सोमबार साँझ उनीहरुले प्रदेश प्रमुख नजिर मियाँसंग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा र भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरी नियूक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।