बैतडी– नेकपा माओवादी केन्द्रका पाँच सासंदहरुले सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद विस्तार रोक्न माग गरेका छन्।
नेता खजराज भट्टसहित पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोराडीलाई पत्र लेख्दै संसदीय दल र पार्टीमा छलफल नगरी संसदीय दलको नेताले आफू खुसी मन्त्रीहरुको नाम पेस गरेको भन्दै उक्त माग गरेका हुन्।
‘आफूखुसी मन्त्री सिफारिस गरेको बुझिन आएकाले सम्बन्धित दलको परामर्श बिना सिफारिस गरिएका नाममा हाम्रो गम्भीर आपती रहेको जानकारी गराउदै मन्त्री नियुक्त गर्ने प्रक्रिया अविलम्ब रोक्न अनुरोध समेत गर्दछौं,’ पाँच सासदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
पत्रमा प्रदेश सांसदहरु खगजराज भट्ट, शिव सिंह ओली, झपडबहादुर साउँद, रमेश सिंह धामी, जानकी कुवँर पौडेलले हस्ताक्षर गरेका छन्।
बैठक फेस नगरी एक्काशी मन्त्रीको नाम सिफारिस गरेकोले आपत्ति जनाएको प्रदेश सांसद शिव सिंह ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।