काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस हुने फैसला गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो।
अध्यक्ष यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई वैधानिकता दिएको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।