• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सासू–बुहारीको ‘प्राङ्गारिक तरकारी’ उत्पादन मोह

64x64
ललित बोहरा आइतबार, जेठ २७, २०८१  १२:५१
1140x725

डडेल्धुरा– अमरगढी नगरपालिकाको वडा नम्बर ७ स्थित सरोला गाउँकी मैनादेवी साहु उमेरले ६० पुगिसकिन्। बुढ्यौलीले छुँदै गए पनि उनको जोश, जाँगर र मिहेनत भने कुनै युवाकोभन्दा कम छैन। 

विगत २२ वर्षदेखि मैदानदेवी कृषिकर्ममा तल्लीन छिन्। उनको यो कर्ममा सहयात्री बनेकी छिन् ३१ वर्षीया उनको बुहारी पदमा पाल। विषादीबिना उत्पादनले खर्च उठाउन सकिँदैन भन्ने मानसिकताबाट यी सासू–बुहारी धेरै टाढा छन्। दुई दशकदेखि मैनादेवीले प्राङ्गारिक तरकारी उत्पादन गर्दै आएकी हुन्।

तीन छोरा र तीन बुहारीको नेतृत्व गर्दै मैदादेवीले तरकारी खेतीबाटै घरखर्च मात्रै होइन बाहिरको अड्कोपड्को पनि धान्दै आएकी छिन्। उनको बुढेसकालको जोशले उनकी बुहारीहरुलाई पनि कृषिकर्मबाट पन्छिन दिएको छैन। 

दुई रोपनी जग्गा आफ्नो र दुई रोपनी जग्गा माते (पछि फिर्ता हुने गरी जग्गा प्रयोग गरेमार्फत् पहिले नै दिइने धरौटी रकम) गरी चार रोपनी जग्गामा बेमौसमी तथा हिउँदे तरकारी खेती गर्न मैनादेवीले सुरु गरेकी थिइन्। 

पाखो तथा सिँचाई नहुने जमिनमा आकाशको वर्षाको भरमा खेती गरिन्छ भने, अलि अलि सिँचाईको सुविधा भएको जग्गामा प्लास्टीकको टनेलभित्र बेमौसमी तरकारीहरु  फलाउने गरिकी छन् सासू–बुहारीले।

gaudele-mal-(1)-1717916617.jpg
फोक्सोको क्यान्सरका कारण श्रीमान् गुमाएकी मैनादेवीले श्रीमानको उपचारमा लागेको खर्च तिर्न सहायक बनेको छ अहिले तरकारी खेती। 

उनले वार्षिक तीन लाख रुपैयाँसम्म तरकारी खेतीबाटै आम्दानी गर्ने गर्छिन्। यति मात्र होइन उनले विदेशमा रहेका छोराहरुले पठाएको रकम र तरकारीबाट भएको आम्दानीले जिल्ला सदरमुकामभन्दा सात किलोमिटरमा पर्ने स्थानीय पोखराबजारमा तीन तले घरसमेत निर्माण गरेकी छिन्। 

‘पहिला लागेको ऋण तरकारीको बिक्रीबाटै तिरिरहेका छौं। तर त्यही बीचमा घर पनि लगायौं,’ तरकारी बारीबाटै देखाउँदैन  मैनाले भनीन्, ‘त्यही घरमा अहिले बुहारीले तरकारीका पसल पनि थापेकी छन्। तरकारी खेतबाटै बिक्री गर्दा भनेअनुसारको मूल्य पाइँदैन। त्यसैले पसलबाटै बिक्री गर्ने गरेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

पसलमा बिक्री भएन भने पनि उनले सदरमुकामका व्यापारीलाई बेच्ने गरेकी छिन्। उनी बुहारी पदमा प्रगतिशील महिला कृषि समूहकी कोषाध्यक्षसमेत हुन्। उनी बिहान–बेलुका खेतमा तरकारी गोडमेलमा व्यस्त हुन्छिन् भने दिउँसो पसलमा हेर्छिन्।

gaudele-mal-(7)-1717916616.jpg
प्राङ्गारिक तरकारी उत्पादनका लागि अहिले उनले घरमै गड्यौँले मलसमेत बनाउन थालेकी छन्। कृषि उत्पादन बढाउन कुनै निकायबाट अनुदान नपाएकी उनलाई अहिले एक गैर सरकारी संस्थाको १० हजार सहयोगले गड्यौँले मल एकाई (भेर्मिकम्पोष्ट युनिटी) ६ फिट लामो, २ फिट चौडाइ र २ फिट उचाइको निर्माण गरेको छ।

रकम सानो भए पनि आफूलाई पुग्ने मल उत्पादनका लागि राम्रो बनाएको उनको भनाइ छ। उनले भनिन्,  ‘गड्यौँले मल बनाउन हामीले सानो खाल्डो त्यतिकै बनाउने गरेका थियौं, खासै काम लागेन। अहिले सिमेन्टकै बनाएपछि राम्रो मल उत्पादन भएको छ, बजारबाट मल किन्ने सयम र पैसा जोगिएको छ।’

पदमाका श्रीमान विदेशमा काम गर्छन्, अहिले केही समयका लागि घर आएका छन्। घरमा हुँदा पदमालाई श्रीमानले पनि सहयोग गर्ने गरेका छन्। अब भने फेरि विदेश नपठाउने सोचमा छिन् पदमा। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

gaudele-mal-(4)-1717916615.jpg
‘हामी सासू–बुहारीको मिहेनतले सानो क्षेत्रमा त राम्रै उत्पादन भएको छ। अब उहाँलाई पनि यसैमा लगाउने सोचेकी छु। बरु जग्गा थप गरेर भए पनि यहिँ केही गर्ने सोचमा छौं,’ उनले भनिन्। 

गाउँका अधिकांश पुरुष घरमा नभएपछि महिला नै कृषिमा एक्लै संघर्षरत छन्।  ‘तल्लो मल्लो वल्लो पल्लो घरका पुरुषहरु घरमा अधिकांश छैनन्। श्रीमानलाई पनि घरमै बसेर तरकारी खेती गर्ने लगाउन समस्या भएको सुनाइन्। कृषिमा अहिले प्राय महिला मात्रै संलग्न छन्,’ पदमाले भनिन्। 

मैनादेवी र पदमाको कृषि कर्ममा सहयोगी बनेका छन् गड्यौँला। अहिले विषादी, युरिया तथा रसायनिक मलको प्रयोग गर्दासमेत भनेअनुसारको उत्पादन लिन नसकिरहेका बेला यी दुई सासू–बुहारीले भने प्राङ्गारिक मलको प्रयोगबाटै मनग्य आम्दानी गर्न सफल भएका छन्।

gaudele-mal-(5)-1717916615.jpg
खेतको किनारमा गोठे मल राखेर वर्षौंसम्म पखिर्नुपर्ने समस्या जीआईजेड नेपालले हटाएपछि कृषक सासू–बुहारी खुसी छिन्। उनले गड्यौँला मल उत्पादन गर्न थालेपछि रसायनिक मलको खोजीमा दौडिनुपरेको छैन। मल बढेपछि व्यावसायिक रुपमा गड्यौँलाको उत्पादन गर्ने योजना समेत उनीहरुको छ। अहिले पनि आवश्यकताभन्दा बढी गड्यौँला उत्पादन भइरहेका छन्। 

माटोको उर्वराशक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषि खेती गर्नेका लागि गड्यौँला मल निकै उपयोगी हुन थालेको कृषि प्राविधिक रोशनी खड्काको भनाइ छ। किसानले गड्यौँला मललाई जैविक मलको रुपमा प्रयोग बढाएको उनी बताउँछिन्। 

gaudele-mal-(6)-1717916615.jpg
मैनादेवी मात्र होइनन् अहिले डडेल्धुराको अमरगढी नगरपालिका र आलितालका अधिकांश कृषकलाई गड्यौँले मल उत्पादन गर्न प्रोत्साहन गरिरहेको स्थानीय तहले बताएका छन्।

केही वर्षपछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायी नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौँला मल निकै उपयोगी रहेको कृषि प्राविधिकहरुको दाबी छ।

गाई भैँसीको मलमुत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौँला मल तयार पारिन्छ। चौपायाको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौँला राखिन्छ र गड्यौँलाले त्यसलाई आफ्नो आहाराको रुपमा खाने र त्यहि दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने अमरगढी कृषि शाखा प्रमुख रमेश भण्डारीले बताए।

gaudele-mal-(3)-1717916614.jpg
माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौँला मल माटोको लागि निकै लाभदायी भएको कृषि प्राविधिकको भनाइ छ। गड्यौँले मल बनाउँदा गाईको पिसाव प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको अगुवा कृषकको बुझाइ छ। 

व्यावसायिक पशुपालन समेत गरेका चन्द्रा कठायतले पशुबाट उत्पादन भएको मलमुत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौँलालाई राखेर मल उत्पादन गरिरहेको बताइन्। 

यहाँका कृषकले बालीमा सत्रुजिव रोग किरा लागेमा जौविक विषादीको प्रयोग गर्ने गरेका छन्। जौविक विषादी बनाउनका लागि उनीहरुले असुरो, निम, बकाइनो जस्ता स्थानीय स्तरमा सजिलै पाइने जैविक उपजहरु प्रयोग गर्ने गरेका छन्। 

gaudele-mal-(2)-1717916614.jpg
हिउँदमा विषादीयुक्त सिमी, पिडालु, तरुल, टमाटर, मुला, भाण्टा, करेला, रायो, खुर्सानी खेती अमरगढीका किसानले गर्दै आएका छन्। जलवायु उत्थानशील कृषि गाउँ बनाउनका लागि पहल गरिएको यहाँका गाउँमा जैविक बिषादी प्रयोगका लागि कृषक पाठशालामार्फत् विधि सिकाउन थालिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्