जनकपुरधाम- मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शुक्रबार शपथ खुवाएकी हुन्।
जनमत पार्टीका सांसद सिंह आजै मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।