• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाऔँ’

64x64
रासस बिहीबार, जेठ २४, २०८१  २०:५०
1140x725

काठमाडौं– विभिन्न राजनीतिक दलका विपद्सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रिया’ मा सहभागी दलका नेताहरुले विगतका विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारी र प्रतिकार्य अघि बढाउन सुझाव दिएका हुन्।

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसङ्गठन तम्तयार अवस्थामा रहेकाले  सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरुले राखेका हुन्। विपद्को अवस्थामा राजनीतिक दलले सरकारलाई स्वयम्सेवी जनशक्ति उपलब्ध गराउने र त्यस्ता जनशक्तिलाई सरकारको संयोजनमा प्रभावित क्षेत्रमा खटाउन उपयुक्त हुने सहभागीको सुझाव थियो।

दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्न ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिए। छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं विपद् जानकार डा गङ्गालाल तुलाधरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले विपद्को अवस्थामा राजनीतिक पार्टीको सक्रिय सहभागिताको अपेक्षा गरेको जानकारी गराउँदै विपद् पूर्वतयारी र प्रतिकार्यमा खट्नु दलहरुको कर्तव्य भएको बताए। 

उक्त ऐनको दफा २० को (ठ) र (ड) मा विपद् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारीमा सहयोग पुर्‍याउने तथा राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनःस्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने उल्लेख छ। नेता तुलाधरले सबै राजनीतिक दलले केन्द्रीय तहमा विपद् विभाग बनाएर अघि बढ्नुपर्ने तथा विपद्का समयमा सबै संरचनालाई प्रतिकार्यमा खटाउनुपर्ने बताए। उनले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए।

‘विपद्मा दलहरुको भूमिकाका बारेमा गृह मन्त्रालयले ‘कार्यढाँचा’ बनाउनु उपयुक्त हुन्छ’, उनले भने, ‘राजनीतिक दललाई अभिमुखीकरण गर्नुपर्छ।’ उनले आफ्नो पार्टीले विपद्को पूर्वतयारी र प्रतिकार्यमा सबै राजनीतिक दलसँग समन्वय गरेर खट्न निर्देशन दिइसकेको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विपद् व्यवस्थापन तथा स्वयम् सेवक विभाग प्रमुख किरण पौडेलले राजनीतिक दलभित्र सबैभन्दा पछाडि रहेको विपद्सम्बन्धी विभागको भूमिका अब परिवर्तन गरेर अघि बढ्ने प्रयास गरिएको बताए। ‘अब विगतजस्तो अवस्था रहेन, एमालेले पार्टीको केन्द्रसँगै प्रदेश, जिल्ला र पालिका तहमा पनि विपद् विभाग गठनको तयारी गरेको छ’, उनले भने।

एमालेले पार्टीको तल्लो कमिटीका प्रतिनिधिको सहभागितामा राष्ट्रिय विपद् व्यवस्थापन तथा स्वयम् सेवा मेला आयोजना गर्न लागेको जानकारी दिँदै उनले विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो गरी अघि बढिने प्रतिबद्धता व्यक्त गरे। ‘राजनीतिक दलले मानवीय जनशक्ति उपलब्ध गराउने हो’, नेता पौडेलले भने, ‘तर राज्यले पर्याप्त साधनस्रोत उपलब्ध गराउनुपर्छ, दलका जनशक्ति र सरकारको स्रोतसाधनलाई संयोजन गर्न सक्दा प्रतिकार्य प्रभावकारी हुन्छ।’

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपद्मा राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यवस्थित ढङ्गबाट काम गर्दा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे। उनले विपद्बाट नागरिकको जीउधनको तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै विपद्का समयमा खटिइने जनशक्तिलाई प्रोत्साहनस्वरुप बीमा र भत्तालगायत सुविधा व्यवस्थापन गर्न सुझाव दिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विपद् व्यवस्थापन विभाग इन्चार्ज सूर्य सुवेदीले विपद्का समयमा सरकारका संयन्त्र र राजनीतिक दलको सङ्गठनबीच समन्वय हुँदा प्रभावकारी काम गर्न सकिने बताए। ‘सबै राजनीतिक दलका विपद् सम्बन्धी काम गर्ने विभागको प्रतिनिधि सम्मिलित ‘डेस्क’ बनाऔँ, यसलाई पालिका तहसम्म लैजाऔँ’, उनले भने।

जनमत पार्टीका नेता अब्दुल खानले विपद्का अवस्थामा खट्न आफ्नो पार्टीमा समाज कल्याण विभाग क्रियाशील रहेको र नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा पार्टीबाट नेता कार्यकर्तालाई खटाइने बताए। उनले दीर्घकालीन रुपमा जोखिम न्यूनीकरण र प्रतिकार्यमा जुट्न राजनीतिक दलको सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए। छलफलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रामप्रकाश चौधरी, जनता समाजवादी पार्टी नेपालका नेता परशुराम बस्नेत, राप्रपाका नेता ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जन, नागरिक उन्मुक्ति पार्टीका नेता राजन गुरुङ र आम जनता पार्टीका कार्यालय सचिव रञ्जुकुमारी साहले विपद् पूर्वतयारी र प्रतिकार्यमा आआफ्नो पार्टीबाट सक्रिय सहभागिताका लागि निर्देशन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

विपद् व्यवस्थापनमा दलको प्रभावकारी भूमिकाको अपेक्षा
छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक तथा प्राकृतिक सङ्कटमा एकजुट हुने नेपालका दलको अभ्यास सकारात्मक रहेको बताएका छन्। उनले जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयं सेवक परिचालनको अनुभवका आधारमा विपद् व्यवस्थापनमा दलको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव मनन् गर्दै उपप्रधानमन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन ‘लुज फोरम’ प्रभावकारी हुने बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् ‘पोर्टल’बाट चौबिसै घन्टा बाढी, पहिरो, चट्याङसम्बन्धी घटनाको जानकारी प्रवाह गरिएको तथा विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष... सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहु... सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकको सुरुवात अध्यक्षको मन्तव्य र राष्ट्रिय गानबाट हुने कार्यसूची तय गरिएको छ। त्यसपछि नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीति... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु सोमबार, असोज ५, २०८३
बसमा आगलागी, घाइते चालकलाई अस्पताल लगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्