जनकपुर- नेकपा एकीकृत समाजवादीले मधेसले मधेस सरकार बाहिरिएको छ। एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी भएका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्।
एकीकृत समाजवादीबाट सरकारमा सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मंगलबार राजीनामा दिएका हुन्।
आजै बसेको समाजवादीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। मधेस सरकारबाट यसअघि नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।