• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेले बालेनविरुद्ध सदनमा पोख्यो आक्रोश: आफ्नै आमाको अस्तित्वमाथि चिथोरेको आरोप

64x64
नेपाल लाइभ मंगलबार, जेठ २२, २०८१  १३:०५
1140x725

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरप्रमुख बालेन शाहमाथि खनिएको छ। एमाले अध्‍यक्ष केपी ओलीलाई गिरिबन्धु प्रकरणमा बालेनले पोस्ट गरेपछि आज सदनमा एमालेले बालेनलाई भ्रम नफैलाउन चेतावनीसमेत दिएको छ। 

एमाले सांसद योगेश भट्टराईले सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका थिए। तर उक्त समय उनले बालेनमाथि आक्रोश पोखेर खर्चिए। जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए।  

सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे । 

सांसद भट्टराईको भनाई जस्ताको त्यस्तै 
हामीले काठमाडौँका बाटा चौडा बनायौँ, केशव स्थापित नै हुनुहुन्थ्यो, माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँहरूलाई विस्तार गर्न हामीले भूमिका खेल्यौँ । पछिल्लो पटक विद्यासुन्दर शाक्य आएपछि काठमाडौँको पुनर्निर्माणमा उल्लेख्य भूमिका खेल्यौँ । रानीपोखरी, कमलपोखरी बनायौँ, दरबार हाइस्कूल बनायौँ । दरबार स्क्वायरको पुनर्निर्माणको काम गर्यौै । यी तमाम कामहरू नेकपा एमालेको नेतृत्वमा भएको छ । 

आज काठमाडौँ महानगरका प्रमुखज्यूलाई सहयोग गर्न तयार छौँ । काठमाडौँलाई ल्याण्डफिल साइट चाहियो, नेकपा एमालेको सरकारको पालामा हामीले ल्याण्डफिल साइट खोज्यौँ, त्यसले क्षमता अपुग भयो भनेर बञ्चरे डाँडामा अर्को ठाउँ खोज्यौँ, त्यसका लागि केपी ओली सरकारले १५ अरबको लगानीमा बनाएको हो र त्यहाँसम्म जाने बाटो त्यही बेला बनाएको हो, त्यो कुरा हामी नर्बिसौँ । यहाँका चोकहरूलाई सांस्कृतिक सम्पदा बनाउन विद्यासुन्दरजीले खेलेको भूमिका नबिर्सौँ । १५ अरब रुपैयाँ बचत गरेर उहाँ बिदा हुनुभयो । 

म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो ? सरकारले दिन्छ कति चाहियो ? हामी दिन्छौँ । सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउन तपाईँका योजना के छन् ? आउनुस् हामी सँगसँगै काम गरौला । 

तर उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन् । लाखौं युवाहरूले आफ्नो भविष्य, सपना तपाई मार्फत खोजेका हुन् । तर पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु । 

नेताहरू जेल बसेको कुरालाई तपाईले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौँ महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईले आज मजाक उढाउँने ?

Ncell 2
Ncell 2
nimb
nimb

हामी भन्न चाहन्छौँ, त्यो मानिस मात्रै देशभक्त हुन्छ जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, संस्कृतिप्रति गर्व गर्छ र आफनो देशप्रति गर्व गर्छ । आफ्नो इतिहास, संस्कृतिप्रति कसैले भत्र्सना गर्छ भने त्यो नागरिक कसरी देशभक्त हुन सक्छ ? आज केपी ओली जेल बसेको कुरालाई तपाईले उढाउँदै हुनुहुन्छ, म भन्न चाहन्छु, यस ढङ्गले तपाईले भण्डाफोर गर्ने हो भने यो त आफ्नै आमाको अस्तित्वमाथि तपाईले चिर्थोदै हुनुहुन्छ । यी नेताहरुले लडेर ल्याएको लोकतन्त्र हो । यीनै नेताहरुलाई बदनाम गर्दै हुनुहुन्छ । आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाएको जस्तो । 

बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु ।

हरेक व्यक्तिका आफ्ना सीमा छन्, अधिकार छन्, कानुनले अधिकार दिएको छ, कानुनले सीमा तोकेको छ, त्यो सीमा र अधिकारभित्र हामी बस्नुपर्दछ । नेताहरूलाई गाली गलौच गर्नु, आफ्ना अभिभावक जस्ता नेता, यो देशको लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका नेकपा एमालेका नेतृत्वमाथि गालीगलौज गर्नु आफैले आकाशतिर फर्किएर थुकेपछि त्यो कहाँ झर्छ भन्ने कुरा बालेनजीलाई थाहा हुनुपर्छ । 

आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान् तर त्यसबाट हामीले डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, त्यो क्षणिक हुन्छ, उत्तेजनामा हुन्छ, मनोरञ्जनको रूपमा हुन्छ । राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिँदैन । त्यो कुरा हामीले दुनियाँका धेरै उदाहरणबाट हामीले देखेका छौँ । 

Xtrem

Xtrem

काठमाडौँको सभ्यताको केन्द्रमा हामी त्यस्तै जनप्रतिनिधि चाहन्छौँ, हामी उहाँलाई सहयोग गर्न चाहन्छौँ । उहाँले चुनाव जित्ने बित्तिकै हाम्रो अध्यक्षले उहाँलाई उपहार दिनुभएको हो, सँगै मिलेर जाऊँ भन्नुभएको हो । हाम्रो पार्टीबाट जित्नुभएका उपप्रमुख र वडाध्यक्षहरूलाई हामीले निर्देशन दिएका हौँ मेयरसँग मिलेर काम गर्नुस् भनेर निर्देशन दिएका हौँ । तर आज उहाँ कहाँको रिस, बिरालोले कोहीसँग रिस उठ्यो भने खाँबो चिथोर्न भनेजस्तै कहाँको रिस एमाले अध्यक्षमाथि ल्याएर पोख्दै हुनुहुन्छ ? हामीलाई धेरै चिन्ता छ । जे जे प्रश्नहरू उठेका छन्, त्यसमा एमाले छानबिनका लागि तयार छ । 

कुनै बेला वाइडबडीमा खुब चर्को चर्को कुरा उठाइयो, आज वाइडबडीको छानबिनको कुरा किन उठ्दैन ? किनभने छानबिनमा एमालेको कोही पनि संलग्न छैन, को को संलग्न छ वाइडबडीमा प्रष्ट देखिएको छ । त्यसपछि वाइडबडी च्याप्टर क्लोज भयो । 

भुटानी शरणार्थी प्रकरणमा सेटिङ गरेर आफ्ना पदाधिकारी छुटाउन एमाले गएको छैन । हामीले त भनेका छौँ हाम्रा पदाधिकारीलाई तपाईंले कानुन अनुसार अनुसन्धान गर्न सहयोग गर्नुस् । हामी कोही पनि हाम्रा पदाधिकारीलाई त्यस ढंगले छुट दिने पक्षमा छैनौँ । 

एमालेमाथि कसी लगाउनु पर्दैन । एमालेमाथि प्रश्न उठाउनु पर्दैन । यो तमाम लोकतान्त्रिक आन्दोलनमा एमालेको अग्रगामी भूमिका छ । हामीलाई थाहा छ महाभारतको युद्धमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजियो । गएका ३ वर्ष एमालेलाई घेराबन्दी गर्न खोजियो । हामीलाई थाहा छ आजको आधुनिक एमाले र एमालेको अध्यक्ष केपी ओली आजको अभिमन्यु हो हिजोको होइन । घेरा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ, त्यो कुरा सम्बन्धित पक्षले बुझ्न पनि आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तरीमा ५०० घर डुबानमा
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
सप्तरीमा ५०० घर डुबानमा आइतबार, असोज ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्