काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद पुनर्गठन तयारी गरेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी नाउपालाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्।
गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी गराउने तयारी भएको हो। स्रोतका अनुसा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइसकेको छैन।
नाउपा अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री बन्ने तयारीमा रहेको बताइन्। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन्। अध्यक्ष श्रेष्ठले पनि आफूहरु सरकारमा जाने कुरा भएको बताएकी छन्।
प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिने कुरा गरेको तर यहिँ नै हुन्छ भन्ने अहिले निश्चित नभइसकेको उनको भनाइ छ। प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। यसअघि दाहाल नेतृत्वकै सरकारमा श्रेष्ठ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।