काठमाडौँ- कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
कोशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ।
कोशी सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ।
कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो।
कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।