काठमाडौँ- प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा आइतबारबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजोदेखि जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ।
यसैगरी आज राष्ट्रिय सभाको बैठक पनि बस्नेछ। मध्याह्न सवा १२ बजेका लागि बोलाइएको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।