विराटनगर- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने भएको छ। नीति तथा कार्यक्रम आइतबार बस्ने प्रदेश सभा बैठकमा पेस हुनेछ।
प्रदेश सभा बैठकमा पेस गर्नका लागि मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत नीति तथा कार्यक्रम सोमबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने कार्यसूची छ।
महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ लाई पनि प्रदेश सभामा पेस गर्ने स्वीकृति मन्त्रिपरिषद् बैठकले प्रदान गरेको छ।
त्यस्तै, युवा तथा खेलकुदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।