काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा भएका कमी कमजरीबारे प्रश्न उठाउनुपर्ने बताएका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेटमा आएका केही नीतिहरुमा उल्झनपूर्ण रहेकोसमेत टिप्पणी गरेका हुन्।
उनले यो बजेटलाई समर्थन गर्ने र पारित पनि गर्ने बताउँदै तर त्यसमा भएका कमीकमजोरीमा भने प्रश्न उठाउन सांसदहरुलाई निर्देशनसमेत दिएका छन्। उनले बजेटमा भएका कुनै पनि कमीकमजोरी औंल्याउन हुँदैन भन्ने मान्यता नरहेको तथा हिजो र आजको बजेटमा स्थानीय, प्रदेशमा के कति परिवर्तन भयो भन्ने कुरा ख्याल गर्नुपर्ने बताए।
उनले भने, ‘बजेटमा रहेको कुनैपनि कमजोरी औल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ। के हुनुपर्थ्यो के अझै घट्योरु यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ।’ बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने उनको भनाइ छ।
उनले थपे, ‘आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितीमा आयोजनाको लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के होरु नयाँ ठूलो राष्ट्रिय आयोजना अघि बढाउँदैछ कि त्यो हेर्नुपर्छ नत्र एउटालाई अनुकुल अर्कालाई प्रतिकुल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।