काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए।
भेटमा समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।