काठमाडौँ- राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ। सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गरेका हुन्।
यसैबीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोकेका छन्।
राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १:१५ बजे बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।