काठमाडौँ- सरकारले विपन्न वर्गलाई सहुलियतमा उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मिर्गौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो।
सो उपचार सहुलियतबाट प्रतिबिरामी १ लाख पाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।