काठमाडौं- सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार तथा विकास गर्नका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको बताएको छ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
साथै मन्त्री पुनले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच विस्तार गर्दै अति अशक्त तथा सीमान्तकृत वर्गलाई स्वास्थ्य बिमा कार्यक्रममा जोडिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।