खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ। स्थानीयबासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराएको करिब सात रोपनी भन्दा बढी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गरेका हुन्।
_x000D_
_x000D_
२० घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उनले बताए।
_x000D_
_x000D_
भूकम्पपीडितले पाउने प्रतिघर ३ लाखको दरले ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ। नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ।
_x000D_
_x000D_
सामुदायिक भवनसमेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान पनि निर्माण गरिने बस्ती निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए। ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य लिइएको उक्त बस्तीभित्रका १६ घरको नक्सासमेत पास भइसकेको नगरपालिकाले जनाएको छ।
_x000D_
_x000D_
हिमशृंखला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताए।
_x000D_
_x000D_
बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैँ तिहारलगत्तै सुरु हुने निर्माण उपभोक्ता समितिले जनाएको छ। सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको सम्भावना छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।