काठमाडौं- कतार सरकारले अब विदेशी नागरिकलाई स्थायी रुपमै कतार बस्ने सुविधा सहित स्थायी बसोबासको कार्ड वितरण शुरु गरेको छ। स्थायी बसोबासको लागि कार्ड प्राप्त गर्ने विदेशीहरुलाई कतारी नागरिक सरह सुविधा दिने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको हो।
_x000D_
_x000D_
तर बसाई अवधिका हिसाबले निजले पाउने अधिकारको निर्धारण हुने व्यवस्थामा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
अब स्थायी कार्ड प्राप्त व्यक्तिहरुले कतारको राष्ट्रिय अर्थतन्त्रका विभिन्न निकायमा लगानी गर्न सक्ने छन्, जुन व्यवस्था यसअघि थिएन।
_x000D_
_x000D_
स्थायी बसोबास कार्ड लामो समय कतारमा सेवा गर्नेहरुको सम्मानमा प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। स्थायी बसोबास सम्बन्धि व्यवस्था अनुसार विदेशमा जन्मिएको व्यक्तिको हकमा २० वर्ष तथा कतारमै जन्मिएकाले १० वर्ष कतारमा बसेको प्रमाण देखाए स्थायी कार्ड पाउन सक्नेछन्। तर कानुनी हिसाबमा कुनै कसुरवार ठहरिएको व्यक्तिले बसोबास अनुमतिपत्र पाउने छैनन्।
_x000D_
_x000D_
स्थायी बसोबास कार्ड प्राप्त गर्न इच्छुक व्यक्ति वर्षको ६० दिन भन्दा बढि कतारबाहिर बसोबास गरेको देखिएमा भने उसको ईच्छा निवेदन मान्य हुने छैन।
_x000D_
_x000D_
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा कतार दूतावासले दिएको जानकारी अनुसार स्थायी बसोबास कार्ड पाउन अरबी भाषामा पोख्त हुनु पर्ने अनिर्वाय व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।