काठमाडाैं- यातायात व्यवसायीले सरकारसँग गरेकाे सहमति लत्याउँदै दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन्।
_x000D_
_x000D_
यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो। उक्त सहमति भदौ ३१ गते भएको थियाे।
_x000D_
_x000D_
सरकारसँग अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएलगतै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजल/मट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो।
_x000D_
_x000D_
नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै व्यवसायीले मंगलबार २४ घन्टे अल्टिमेटम दिएका थिए।
_x000D_
_x000D_
तर, सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि अग्रिम बुकिङ नखुलाउने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले बताए।
_x000D_
_x000D_
सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अग्रिम बुकिङ खुल्ला नगर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।