अछाम- अछामकको साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक जना यातायात मजदुर घाइते भएका छन्।
_x000D_
_x000D_
आँखामा गम्भीर चोट लागेपछि घाइते बनेका चालक अर्जुन कुँवरको थप उपचारका लागि बयालपाटा अस्पतालले धनगढी रिफर गरेको छ।
_x000D_
_x000D_
झडपकाे स्थिति तनावग्रस्त बनेपछि साँफेबगर बजार बन्द भएको छ। प्रहरीलाई मजदुरले ढुंगामुढा गरेपछि भीड नियन्त्रणमा लिन एक राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरिएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए।
_x000D_
_x000D_
आन्दोलनकारीले इलाका प्रहरी कार्यालय साँफेबगर घेर्ने प्रयास गरेको अछाम प्रहरीको भनाइ छ। सदरमुकाम मंगलसेनमा सार्वजनिक यातायात बन्द गराउँदै हिँडेका ७ जना यातायात मजदुरलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
बन्दले सदरमुकाम मंगलसेन सहित जिल्लाभरको सवारी अवागमन प्रभावित भएको छ। सवारी नचलेका कारण यात्रुहरु गन्तव्यसम्म पुग्न नपाउँदा अलपत्र परेका छन्। मुलुकमा जारी भएको नयाँ मुलुकी संहिताले चालकलाई तेस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको भन्दै चालकले सवारी साधन चलाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।