काठमाडौं- प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ७ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
प्रहरीले ७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५ घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
नेपाल एयरलाइन्सको जहाजद्वारा बैंककबाट काठमाडौं आएका तामाङ समेतलाई विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरियाबाट शंका लागी जाँच गर्दा सुन प्रहरीले फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।