काठमाडौं- प्रवासमा बस्ने नेपालीको मताधिकारका लागि सरकारले कानुन बनाउने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रवासमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवं व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ।’
यसैगरी निर्वाचनलाई थप मितव्ययी तथा विश्वसनीय बनाउने पहल गरिने बताइएको छ। साथै निर्वाचनमा सूचना प्रविधिको प्रयोग बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।