काठमाडौं- सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्।
‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिप पढाउने प्रबन्ध गरिनेछ ,’ उनले भने, ‘शिक्षा शास्त्र संकाय बाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिम प्राप्त जनशक्तिलाई शिक्षक सेवामा प्रवेश गर्न पाउने व्यवस्था गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।