काठमाडौं- सरकारले नीति तथा कार्यक्रममा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को उक्त नीति तथा कार्यक्रम घोषणा गर्दा सांसदहरु हाँसेका छन्।
राष्ट्रपति पौडेलले एकछिन रोकिएर दोहोर्याआएर भने, 'महिलालाई आर्थिक रुपमा समक्ष र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ।'
उक्त घोषणा गर्दैगर्दा संसद एकछिन हाँसोले गुन्जिएको हो। उक्त हाँसोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत हाँसो मिसाएका छन्।
प्रधानमन्त्री प्रचण्डका छोरीहरु राजनीतिक रुपमा सक्रिय रहेका कारण संसदमा 'दोहोरो अर्थ' लगाइएको हो। छोरीहरुले पिता प्रधानमन्त्री भएको लाभ उठाइरहेको आरोप समेत लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।