काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।
मंगलबार अपरान्ह संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उनले सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए।
उनले नेपाली जनताको सुख, समुन्नतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको बताए।
राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।