काठमाडाैं– सार्वजनिक सवारीमा ४० वर्षदेखि सिन्डिकेट गर्दै आएका यातायात व्यावसायीले ३ दिनदेखि उपत्यका भित्रने र बाहिर सवारीमा हड्ताल गरेका छन्।
_x000D_
_x000D_
सवारी चालकले नयाँ मुलुकी संहितामा चालकको लापरबाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको भन्दै सार्वजनिक सवारीमा हड्ताल गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघमा महासचिव सरोज सिटौलाले बताए।
_x000D_
_x000D_
‘चालकले सवारी बन्द गरेको विषयमा महासंघ अनविज्ञ छ’, उनले भने, ‘मदजुर संगठन पनि बन्दमा सहभागी छैनन।’
_x000D_
_x000D_
वसन्त शर्माको संयोजकमा सवारी बन्द भइरहेको सादा पेपरमा बिना छापको पत्र पाएपनि आधिकारीक केही नभएको उनको भनाइ छ। सवारी हड्तालमा चालक आफैं स्वतस्फूर्त सहभागी भएको उनको भनाइ छ।
_x000D_
_x000D_
मजदुर संगठनका नेतासँग छलफल गर्दा हामीबाट सवारी बन्द भएको छैन भनेर आफूहरुलाई सूचना प्राप्त भएको सिटौलाको दाबी छ। सवारी बन्द गरेर सडकमा टेन्ट हालेर चालक बसेका छन् भने उनीहरुलाई स्थानीय सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
यस विषयमा यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्य कुमार ढकाललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउने चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।