काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि बस्ने बैठक भने अवरोध गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
लगत्तै प्रतिनिधि सभा र राष्ट्रिय सभामा बैठक बस्नेछ। उक्त बैठक दुवै सदनमा अवरोध गर्ने कांग्रेसको भनाइ छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभामा मात्रै अवरोध गर्दै आएकोमा मंगलबारदेखि राष्ट्रिय सभा पनि अवरोध गर्ने भएको छ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।