• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘उप‍ेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर सरकारबाट निकालिने थियो’

64x64
नेपाल लाइभ मंगलबार, जेठ १, २०८१  १४:२२
1140x725

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गरे। उनले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताए।

मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले जसपा नेपालका अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको बताएका हुन्। 

उनले भने, ‘अहिले राजनीतिक घटनाक्रममा दिनदिनै परिवर्तन भइरहेको छ। समिकरणमा दिनदिनै परिवर्तन भइरहेको छ। गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ। एक ढंगले अगाडी बढ्ला भन्यो अर्को ढंगले अगाडी बढ्न पुगेको छ। किनभने कतिपय शक्तिहरु अत्यन्त षड्यन्त्रपूर्ण ढंगबाट लागेका छन्। जसरी पनि आफ्नो शक्ति वृद्धि गर्ने, साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर, सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर, विभिन्न पार्टीका कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउनका लागि, तान्नका लागि न्वारनदेखिको बल लगाइरहेका छन्। यो कुरालाई हामीले हेक्का राख्नुपर्छ। कसले लगाइरहेको छ ? भनिदिनुस् न कमरेड भन्नुहोला। बडो गाह्रो छ भनिरहनलाई। तर गाह्रो पनि छैन। सजिलै छ। सबै तपाईहरु बुझ्नुहुन्छ। हामी बुझ्दछौँ। हामीले केही दिन पहिले देख्यौँ। सँगसँगै जाला कि भन्ने ठानेको, संसदको अवधिभरी सँगसँगै जाला भनेको, समाजवादी मोर्चाको एउटा महत्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी, नेपाल विभाजित गरियो। विभाजित गरिएको मात्रै होइन। सरकारबाट पनि निकालियो। तपाईहरुलाई आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला। होइन। निकालियो। मुन्ट्याउने काम मात्रै भएन। यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गलहत्याएर निकालिन्थ्यो। हिजो काम छदाँको भाँडो। काम सकिएपछि ठाँडो भनेजस्तै हामी उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ।’

अध्यक्ष नेपालले राजनीतिक समीकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताए। उनले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताए। यस्तै अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताए। 

उनले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताए। 

Ncell 2
Ncell 2

उनले आफूहरुले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। अध्यक्ष नेपालले आफूहरुको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए। 

पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुंगो लगाउन सकिने उनको भनाइ छ। उनले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरुले त्यस्तो हल्ला चलाएको बताए। 

उनले भने, ‘हाम्रो पार्टीको सम्बन्धमा पनि हल्लाहरु चले। अर्को पार्टी खडा गर्न तयारी पनि भइसकेको थियो भन्नेपनि चर्चा चल्यो। ६ जना लाँदैछन् भन्ने हल्लाहरु पनि चले। हामी पनि आत्तियौँ। के हो वास्तविकता ? बसेर फेरी छलफल गर्‍यौं। छलफल गरेपछि जति गणना गर्दाखेरी पनि देखिँदैन। कतिपय साथीहरुका असन्तुष्टि छन् भनेपनि बसेर, छलफल गरेर टुंगो लगाउन नसकिने कुरो पनि छैन। त्यस अर्थमा हामीले असन्तुष्टिहरुलाई पनि राम्रो ढंगले प्रष्ट पार्ने, सन्तुष्ट त कसरी पार्न सकिएला र ? एकछिनको लागि चित्त बुझाउने र विश्वास दिलाउने कोशिस हुनुपर्दछ। तर सबैभन्दा ठूलो कुरो के छ भने हाम्रो पार्टीभित्र पनि, कम्युनिस्ट आन्दोलन भित्रपनि, नेपालको राजनीतिमा पनि भ्रष्टिकरणको प्रवृत्ति, पदलोलुपताको प्रवृत्ति, पदको निम्ति मरिहत्ते गर्ने प्रवृत्ति बडो खतरनाक रुपमा देखापरेको छ। हाम्रो पार्टीले कुन नारा अगाडी सार्दाखेरी जनतामा लोकप्रिय हुन सकिन्छ भन्ने विचार गर्नुपर्ने आवश्यकता छ। कुन विषयलाई अगाडी सार्दाखेरी सबैको मन छुन सक्दछ भन्ने कुरामा ध्यान पु¥याउनु पर्दछ। उही प्रवृत्ति हामीले दोहो¥याउन थाल्यौँ भने, हाम्रो पार्टीभित्र पनि अनुशासनहिनता र अराजकता देखापर्न थाल्यो भनेपनि, आर्थिक विचलनहरु देखापर्न थाल्यो भनेपनि, भ्रष्टिकरणको प्रवृत्तिहरु छ्याप्पछ्याप्ती देखापर्न थाल्यो भने हामीलाई कसैले विश्वास गर्ने छैनन्। हामीलाई कसैले पत्याउने छैनन्। त्यसकारणले हाम्रो पार्टीले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’

उनले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे। अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिए।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी
रमेश लेखकले आज आयोगमा बयान दिने
सम्बन्धित सामग्री
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठक... सोमबार, पुस १४, २०८२
रमेश लेखकले आज आयोगमा बयान दिने भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले बयानका लागि बोलाएकोमा लेखक बयान दिन जाने भएका हुन्। सोमबार, पुस १४, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने उनले भने, ‘प्रदेशबाट जिम्मेवार साथीहरूले नै नाम टुङ्ग्याएर पठाउनुभएको छ। त्यसलाई केन्द्रले हेरेर परिमार्जित गरेर भोलिसम्म आयोगमा बुझ... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन सोमबार, पुस १४, २०८२
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी सोमबार, पुस १४, २०८२
रमेश लेखकले आज आयोगमा बयान दिने सोमबार, पुस १४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम सोमबार, पुस १४, २०८२
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्