पोखरा– पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेज रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरा भित्र्याएको छ । एक वर्षअघि कलेजो र पेटरोगमा विशेषज्ञ सेवा सुरु गरेको केन्द्रले करिब एक करोड लागतमा लिभर स्क्यान किनेको हो।
_x000D_
_x000D_
यो मेसिनलाई फाइबर टच पनि भनिन्छ । केन्द्रमा पेट तथा कलेजो रोगमा डिएम गरेका डा. सुवास भट्टराईले सेवा दिने गरेका छन् । विश्वकै प्रचलित प्रविधीको उपकरण आएपछि कलेजोको उपचारमा सहज हुने डा. भट्टराईले भएको बताए।
_x000D_
_x000D_
मेसिनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, 'अब कलेजोको कुनै पनि उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था छैन।' कलेजो रोगी, सिरोसिस भएका, रक्सी नियमित सेवन गर्ने, हेपाटाइटिस बी र सी भएका, मधुमेह र कलेजोमा बोसो जमेकाहरुलाई यसको परीक्षण आवश्यक पर्ने जनाइएको छ।
_x000D_
_x000D_
डा. भट्टराईले लिभर स्क्यानबाट कलेजो कति मात्रामा बिग्रिएको छ वा कसरी उपचारबाट सुधार हुँदैछ भनेर सजिलै पत्ता लाग्ने जानकारी दिए । उनले भने, ‘बायप्सी गर्दा पीडा हुने, रिपोर्ट आउन समय लाग्ने, भर्ना हुनुपर्ने अवस्था थियो । यसले उपचारमा सहयोगमात्र गर्दैन, कलेजो रोगबाट बचाउन पनि उपयोगी हुन्छ।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।