काठमाडौं-संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल सुरु भएको छ प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
नेपाली कांग्रेसले ससदीय छानबिन समिति गठन नगरिए आज नीति तथा कार्यक्रम नै ल्याउन नदिने अडान राखिरहेको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्दैछ । त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्रीसँग छलफलमा बसेका हुन् ।
दाहालले हिजोपनि संसदको गतिरोधका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए । छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने कांग्रेसको माग अनुसार व्यक्तिकेन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।