काठमाडौं- सहकारी पीडितका पक्षमा नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू सडकमा उत्रिने भएका छन्। तरुण दल र महिला संघले सहकारी पीडितका पक्षमा सडक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
तरुण दलले २ जेठमा माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। तरुण दलका अध्यक्ष अध्यक्ष विद्वान गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै देशभर रहेका लाखौं सहकारी पीडितको पक्षमा आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिए।
यस्तै महिला संघले १ जेठमा रत्नपार्क शान्ति वाटिकमा प्रदर्शन गर्ने निर्णय गरेको छ। सहकारी पीडितको रकम फिर्ता गराउन, सहकारी समस्याको दिगो समाधान निकाल्न र पीडकलाई कानुनी दायरामा ल्याउन दबाब दिने उद्देश्यले विरोध गर्न लागिएको महिला संघ अध्यक्ष उषा राउत मिश्रले जानकारी दिइन्।
यसैगरी नेपाल विद्यार्थी संघले १ जेठमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।