काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन्। कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ।
आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो। ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।