गाजा- गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ।
मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ। जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ। साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ।
इजरायली सेनाले गत हप्तामा सयभन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ। ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।