काठमाडौं– पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विदेशी नागरिकहरूको सवारीमा भएको आक्रमणमा कम्तीमा दुई आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको प्रहरीले बताएको छ।
कराँचीको मालीर जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तारिक मस्तोईले दुई आतंकवादीले कराँचीको लान्डी टाउन क्षेत्रको मानसेहरा कालोनी क्षेत्रमा पाँच जापानीहरू बोकेको काफिलेमा आक्रमण गरेको बताए।
तर सुरक्षा गार्डहरूबाट जवाफी फायरिङले प्रयासलाई विफल पारेको बताए। प्रहरीका अनुसार एक आतंककारीले अगाडिको गाडीमा आक्रमण गर्न बन्दुक निकाले पनि पछिको गाडीमा रहेका प्रहरी सुरक्षा गार्डले जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको थियो।
गोलीबारी पछि एक आतंककारीले आफ्नो विस्फोटक पदार्थले भरिएको ज्याकेट विस्फोट गराएका थिए। जसले विदेशीहरूको गाडी र मोटरसाइकलमा क्षति पु¥याएको थियो। दुई गार्डसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
आक्रमणमा अगाडिको गाडीमा रहेका चार र अर्को प्रहरीको गाडीमा रहेका एकजनासहित पाँचै विदेशी सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर विदेशीलाई सुरक्षित स्थानमा सारिएको थियो।
बम डिस्पोजल टोली घटनास्थलमा पुगेको र आतंककारीहरूको कब्जामा हतियार र हात ग्रेनेडहरू फेला पारेको थियो। बम डिस्पोजल टोलीले आत्मघाती आक्रमणकारीको बिस्फोटक पदार्थले भरिएको ज्याकेटलाई पूर्ण रूपमा विस्फोट गर्न नसकेका कारण घटनास्थलमा कम क्षति भएको बताएको छ।
अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।