न्युयोर्क - अमेरिकाको न्युयोर्कस्थित अदालतमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेका बेला एक व्यक्तिले आफैमाथि आगो लगाएका छन् ।
डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाका लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक युवकले आफूलाई आगो लगाएका हुन् । ती व्यक्तिले दिउँसो १ बजेर ३५ मिनेटमा अदालतको पारीपट्टी रहेको कलेक्ट पोन्ड पार्कमा आफैंलाई आगो लगाएपछि प्रत्यक्षदर्शीहरु चिच्याएर दौडेका थिए । तत्कालै ती व्यक्तिमाथि आगोको लप्का बढेको थियो । उनले के कारणले आफैमाथि आगो लगाए भन्नेबारे स्पष्ट छैन।
ती व्यक्तिलाई एम्बुलेन्समा हालेर तत्काल अस्पताल लगिएको थियो । ती व्यक्तिले आफैंलाई आगो लगाउनु अघि पर्चा हावामा फालेका थिए । पर्चाहरूमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश, पूर्व उपराष्ट्रपति एल गोर र सन् २००० को राष्ट्रपति चुनावको पुन गणनामा गोरको प्रतिनिधित्व गर्ने वकिल डेभिड बोइजको सन्दर्भ उल्लेख गरिएको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।