इस्लामावाद- पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिबारदेखि ७१ जनाको मृत्यु भएको छ। वर्षाका कारण ६७ जना घाइते भएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो। अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृत्यु हुनेमा १५ बालबालिका र पाँच महिला छन् भने ४१ जना घाइते भएका छन्। घटनामा १ हजार ३७० घरमा क्षति पुगेको छ।
अधिकारीले पूर्वी पञ्जाव प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएको, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएको बताए। यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन्।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।