काठमाडौं- लेखक कुलराज पौडेल 'रुपक'द्धारा लिखित ‘स्वर्गको कार्यशाला’ र ‘सावैभौम नीति’ को सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तकको संयुक्त लोकार्पण गरेका थिए। कायैक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले ज्ञानको खोजीमा छट्पटाइरहेका आम मानवजातिलाई लेखकले ज्ञान, सिद्धान्त र प्रयोगको बाटो देखाउने प्रयास पुस्तकमार्फत गरेकोमा खुसी व्यक्त गरे। नेता नेपालले सार्वभौम ज्ञान हरेक राजनैतिक सीमा, जाति र धर्म भन्दा माथि रहेको बताए।
शताब्दी पुरुष जोशीले चीन र जापानको नोबल पुरस्कार विजेता लेखकसँग तुलना गरी लेखिएको पुस्तक नोबेल पुरस्कारको लागि मनोनित हुन उपयुक्त रहेको बताए।
लेखक पौडेलले ‘सार्भभौम दर्शन’ लाई अध्यात्म खण्ड, विज्ञान खण्ड, स्वर्ग खण्ड र विधान लगायतका खण्डमा विभाजन गरेका छन्।
पुस्तकलाई कुञ्ज थिएटरले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।