• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बलात्कार : आपराधिक मानसिकताको पराकाष्ठा

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०७५  ००:४५
1140x725

बलात्कार हिंसाको चरम रूप हो। समाजको कलंक हो। मानवीय सदाचारलाई तहसनहस पार्ने विष हो। मृत्युदण्डको कानुन हुँदैमा बलात्कार कम होला? थुप्रै कानुन बनाउँदैमा बलात्कार नहोला? के चोक–चोकमा अर्धनग्न र कपाल मुण्डन गरेर आन्दोलन गर्दैमा बलात्कारी जन्मँदैनन्? के बलात्कारी बढ्नुमा सरकारको मात्र दोष छ? के बलात्कार कम गराउन राज्यको दायित्व मात्र काफी छ? यस्तै थुप्रै प्रश्नको घेराबन्दीमा हामी फसिरहेका छौं। 

अब सोचौँ त बलात्कारी को–को छन्? यहाँ आफ्नै बाबु, हजुरबाबा, दाजु, मामा अनि सबै आफन्त नै छन् बलात्कारी। परिवार, समाज, गाउँ, सहर सबै बलात्कारी। शिक्षक, कर्मचारी, व्यापारी, सुरक्षाकर्मी अझ भन्दा हरेक पेसा अपनाउने जो पनि हुन सक्छन् बलात्कारी। यसो भन्दैमा सबै बलात्कारी छन् भन्न खोजेको होइन। तर, बाहिर हेर्दा निकै राम्रा र भद्र मानिस पनि बलात्कारी बनिरहेका छन्। र, बन्न सक्छन् भन्न खोजिएको हो। 

एकातिर समाज आधुनिकतातिर धकेलिँदैछ भने अर्कोतिर उति नै जंगलीपन सिकार बनिरहेको छ मानिस। ६ महिनाका अबोध शिशुदेखि ९० वर्ष कटेका हजुरआमाहरू बलात्कृत हुनु जंगली स्वभावको उदाहरण यो भन्दा अरु खोज्नु नपर्ला। धेरै कानुन बने पनि, मृत्युदण्डको कानुनलाई मान्यता दिएपनि जबसम्म प्रत्येक पुरुषमा आपराधिक मानसिकता हटाउन सकिँदैन, तबसम्म बलात्कृत हुने क्रम रोकिँदैन। अपराधिक मानसिकतालाई परास्त पार्न सिंगो सरकारको साथमा हरेक नागरिक पनि सचेत र सशक्त बन्नुपर्दछ। 

गोप्य संस्कृतिमा रमाउने हाम्रो समाज क्रमशः खुला बन्दै गइरहेको छ। अहिले मात्र नभई पहिल्यैदेखि महिलाहरू घर, परिवार र आफन्तबाट बलात्कृत हुने गर्दथे। तर, ती घटना गुपचुप राख्दथे। समाजको डर, त्रास, धम्की अनि महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने समाजलाई महिलाले केही भन्न सक्दैनथे। जे गरे पनि चुपचाप सहेर बस्नु सामाजिक बाध्यता थियो। 

आज सूचना र सञ्चारमा भएको विकासले महिला पनि पहिले भन्दा केही माथि उठेका छन्। आफूमाथि गरिएका हिंसा निसंकोच बताउन सकिने विभिन्न फोरम निर्माण भएका छन्। केही महिलाले आर्थिक अधिकारको पूर्ण प्रयोग गरेका छन्। जसले गर्दा दिनहूँ समाजमा घट्ने बलात्कारका खबर बाहिर आएका छन्। यसो भनिरहँदा अहिले पनि सबै बलात्कारका घटना बाहिर आएका छन् भन्ने चाँहि होइन। आज पनि कतिपय घटना बाहिर नआइकन गुम्सिएर बसेका छन् र अर्कोतिर आपसमा मेलमिलाप गरेर अपराधलाई झनै प्रश्रय दिइरहेका छन्। 

आज हाम्रो समाजमा केटाकेटीदेखि बुढाबुढीसम्म इन्टरनेटको दुरुपयोग बढ्ने क्रम जारी छ। इन्टरनेटमा अश्लील सामग्री तथा भिडियो हेर्नेको संख्या बढेको छ। इन्टरनेटको दुरुपयोगेले यौन हिंसा बढाउन प्रोत्साहन गरेको छ। 

हाम्रो समाजमा बेरोजगारीको समस्या छ। सक्रिय जनशक्ति सबै दिनभर आ–आफ्नो काममा व्यस्त हुने हो भने अपराधिक मानसिकता जन्मन पाउँदैनथ्यो। तर सक्रिय जनशक्तिको बेरोजगार बन्दा दुव्यवहार बढेको छ। हामी कहाँ थाक्ने गरी काम गर्नु नै पर्दैन। बेरोजगारी र कामको अभावका कारण पनि मानिसको मानसिकता बलात्कारी बन्दै गएको छ। 

बलात्कार बढ्नुमा अर्को प्रमुख कारण भनेको गरिबी हो। भोको पेट र नाङ्गो हर भएपछि सानो उमेर समूहका बालिकाहरु विभिन्न प्रलोभनमा पर्दछन्। होटलमा लगेर यस्तो खुवाउँछु, पसलमा लगेर यस्तो किनिदिन्छु भन्न अघि सर्छन बलात्कारी। कतिपय निकै साना बालिकाहरुलाई त मिठाइ र बिस्कुट किनिदिन्छु भनेर फकाउँछन् नरपिचासहरुले। 

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिकालाई यौन शिक्षाको जरुरत छ। यसलाई हाम्रा पाठ्यक्रमले समेट्न सकेको छैन। अर्कोतिर भर्खर स्कुल पढ्दै गरेका बालिका र किशोरी आफ्नै गुरु बाट बलात्कृत भएका घटनाहरु प्रशस्तै सुनिएको छ। 
पुरुषप्रधान समाज हाम्रो, नैतिक शिक्षा छोरीलाई मात्र दिन्छ। छोरी साँझ पर्दा घर नआए कहाँ गएथिस्, के गरिथिस् भन्ने परिवारले छोरो राती बाह्र बजे आए वा आउँदै नआए पनि केही सोध्दैन। छोरोलाई सानैदेखि साँढे बनाउँदा हाम्रो समाज रमिते बन्छ। थपडी बजाउँछ र उसैलाई मर्दको उपाधि दिन्छ। मर्द साँढेले जे–जे गर्छ, त्यो सबै जायज हुन्छ। बलात्कारी साँढे समाजमा शानसँग हिड्छ अनि बलात्कृत बालिका वा जोसुकै पनि जीवन भर पहिचान गुमाएर बाँच्न विवश हुन्छन् । समाजबाट तिरस्कार गरिन्छ।

बलात्कृतलाई बढी माया, ममता दिएर समाजमा रहन, बस्न सजिलो बनाउनुको सट्टा उल्टै विभिन्न संस्थाहरुको जिम्मा लगाइन्छ। यो कस्तो न्याय हो हाम्रो समाजको? 

हामी नेपाली एक्काइसौ शताब्दीमा पनि विभिन्न कुरीति, अन्धविश्वास र कुसंस्कारलाई खुलेयाम वकालत गर्दछौं, अंगाल्छौं। रजस्वला हुँदा घरमा बस्न नदिने अनि छाउगोठमा पठाएर बलात्कार गर्ने शिकारी छन् हाम्रो समाजमा। बिरामी भएको बेला धामी, झाँक्रीको विश्वास गर्ने समाज छ, अझै पनि। तिनै लामा, धामी र झाँक्रीले भनेको मान्नुपर्छ भन्ने मानसिकताको शिकार बालिका र  महिला भएका छन्। तिनैले उपचार गर्ने भन्दै विभिन्न बहानामा बलात्कार गरेका छन्। 

जबसम्म मानिस अपराधिक मानसिकताबाट मुक्त हुँदैन तबसम्म बलात्कारी रहिरहनेछन्। समाजमा, परिवारमा बलात्कारी र बलात्कृत हुने अवस्था रहेसम्म सभ्य समाजको निर्माण हुन सक्दैन। यसको लागि हरेकले हरेक ठाउँबाट कदम चाल्नुपर्छ। हाम्रा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ। बलात्कारविरुद्ध शून्य सहनशीलताको अभ्यास गर्नुपर्दछ। शैक्षिक पाठ्यक्रममा बाल मनोविज्ञानलाई नकारात्मक असर नपर्ने गरी यौन शिक्षा समावेश गर्नु जरुरी छ। सानोदेखि नै बालबच्चा हुर्काउँदा छोराछोरी दुवैलाई सँगै बस्ने–खेल्ने वातावरणको सृजना गर्नु राम्रो हुन्छ। खेल्दा बस्दा केटीकेटीको समूह अनि केटाकेटाको समूह बनाउनुभन्दा केटाकेटी दुवै मिलाएर समूह बनाउँदा राम्रो हुन्छ। 

Xtrem

Xtrem

सुरक्षाकर्मी सिङ्गो राष्ट्रका पहरेदार हुन्। उनीहरुले आफू सदाचारमा रहने र बलात्कार गर्ने जोसुकै भए पनि नछोड्ने  र नलुकाउने गर्नु आवश्यक छ। निष्पक्ष काम र व्यवहारले आम नागरिकको विश्वास जित्न सक्नुपर्छ प्रहरीले। सरकार आम नागरिकको अभिभावक हो। बहुमत र दलगत स्वार्थ त्यागेर जो सुकै बलात्कारी  भए पनि उसलाई कारवाही गर्न सक्नुपर्छ। जघन्य अपराध गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिनुहुन्न, आफ्नो दल, जाति विशेषको भनेर छोड्न हुँदैन ।

‘सर्पले दुःध खाए पनि विष नै ओकल्दछ’ भन्ने उखानको बखानजस्तै आज भोट दिएको र नोट दिएको बलात्कारी भनेर उसलाई छोडिदिने हो भने भोलि उसैले सरकारलाई नै बलात्कार गर्छ अनि सरकारलाई नै टोक्न सक्छ। 

बलात्कारलाई न्यूनीकरण गर्न सरकारले हरेक कोणबाट व्यापक सचेत रहन जरुरी छ। यौन शिक्षा, नागरिक सचेतना, आत्मरक्षा तालिम, आत्मनिर्भर बनाउने विभिन्न अभियान, आयआर्जन गर्ने कार्यक्रम, गाँस, बास र कपास पूरा गराउने दायित्व आदि सबै सरकारले गर्नुपर्ने काम हुन्। 

परिवारमा हरेक बाबुआमाले आफ्ना छोराछोरी किशोरावस्थामा प्रवेश गरेपछि उमेर अनुकूल ज्ञान दिनसक्नुपर्छ। आवश्यकता अनुसार माया, ममता दिँदै उनीहरुको क्रियाकलापमा विशेष निगरानी राख्नु जरुरी छ। बलात्कार गर्ने पीडकलाई समाजले बहिष्कार गर्न सक्नुपर्दछ।

बलात्कृत हुने पीडितलाई सबैले झन् बढी माया, ममता दिएर ऊ आफ्नै परिवारमा पहिलाको भन्दा अझै राम्रो अवस्थामा बस्न सक्ने वातावरण सिर्जना गर्नुपर्दछ। पीडितले न्याय पाउन पटक–पटक पीडित हुने परिपाटीको अन्त्य गर्न विभिन्न क्रियाकलाप सञ्चालन गर्नुपर्दछ। न्यायमा सहज पहुँच, सुरक्षा, शुल्क आदि जस्ता विषयको पूरा गर्नु सरकारको आफ्नै दायित्व हो।  

बलात्कारीरहीत समाज निर्माण गर्न कसैको पनि एकल प्रयासले सम्भव हुँदैन। हरेकले आ–आफ्नो ठाउँबाट सक्दो कदम चाल्नु आवश्यक छ। नैतिक शिक्षा सादा जीवन उच्चविचार, योगाभ्यास, खेलकुद, नियमित सन्तुलित भोजन, नियमित दिनचर्या लगायतका काम र कुराहरुले मानिसलाई सदाचारी बन्न सहयोग गर्दछ। समाजका अपराधीलाई राजनीतिक आड दिने परिपाटीको अन्त्य गर्नुपर्दछ। अनुसन्धानलाई कमजोर बनाउनु हुँदैन । 

नैतिक शिक्षा दिनु आवश्यक छ। सबैले आ–आफ्नो ठाउँबाट अपराधीलाई उम्कन नदिने प्रयास गर्न सके पीडितले न्याय र पीडकले सजाय पाउने अवस्था सिर्जना हुन्छ। राज्य संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्दछ। अपराधी लुकाउनेलाई उचित सजाय र पत्ता लगाउन सहयोग गर्नेलाई पुरस्कारको व्यवस्था गर्नुपर्दछ। 

अपराधीलाई सजायँको स्पष्टता हुनु जरुरी छ। पीडितलाई छिटो प्रक्रियामार्फत् न्याय दिन सक्नुपर्छ। हाल काम गरिरहेका न्यायिक निकायमा थप शुद्धीकरणको व्यवस्था गर्नुपर्दछ। सबै स्थानीय तहले लैङ्गिक समतामुखी व्यवहार गर्नुका साथै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्दछ। 

समग्रमा, बलात्कार सामाजिक विकासको कलंक हो। आपराधिक मानसिकताको पराकाष्ठा हो। जघन्य अपराध हो। बलात्कृत हुने क्रम रोक्न र घटाउन सरकारको एकल प्रयासले मात्र पुग्दैन। हरेक परिवारका बाबुछोरा, दाजुभाइ सबैलाई असल आचरणको बनाउन सक्नुपर्छ। अनि बल्ल बिस्तारै बलात्कार हुने क्रम घट्दै जान्छ।

सभ्य समाज निर्माणको अभियानमा हामी सबै एकजुट बनेर लाग्नुपर्छ। हरेक परिवारका हरेक सदस्यमा अपराधिक मानसिकताको जन्म हुन नदिनु सबैको साझा कर्तव्य र दायित्व हो। 
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्