• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘एनआरएनले नेपालको कायापलट गर्ने होइन, सहयोग मात्रै गर्ने हो’

64x64
नेपाल लाइभ बुधबार, असोज २५, २०७४  १७:४९
1140x725

गैरनेपाली आवासीय संघ (एनआरएन) को गठन भएदेखि नै यसबारे निकै बहस हुने गरेको छ। विशेषगरी यसप्रति रहेको अपेक्षा, यसले गरिरहेका  काम र संरचनालाई लिएर तिखो आचोचना पनि हुने गर्छ। तर पनि एनआरएनप्रतिको चासो र चर्चामा कमी आएको छैन। यसै विषयमा केन्द्रित भएर नेपाल लाइभका लागि किशोर दहालले एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलसँग कुराकानी गरेका छन्।

सन् २०१५–१७ मा पनि एनआरएन अमेरिकाको अध्यक्ष पद सम्हालिसकेका पौडेल पछिल्लो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।

एनआरएन हुनु र नहुनुले नेपाललाई के फरक पर्छ?

त्यसमा आ–आफ्ना व्याख्या हुन सक्लान्। तर, केचाहिँ हो भने, एनआरएनलाई नेपालले राख्न चाहेर वा नचाहेर रहने वा नरहने भन्ने हुँदैन। यस्तो किन त भन्ने कुराको उत्तर एनआरएन के हो भन्ने प्रश्नसँग जोडिन्छ। जो नेपाली नेपालमा जन्मे हुर्के अनि विदेशमा गए, उनीहरु एनआरएन हुन्। जुनबेला एनआरएनको स्थापना भयो त्यसबेला ५–७ लाख नेपाली विदेशमा काम गर्थे। त्यहाँ सेटल हुन थालेका थिए।

अहिले त्यो संख्या ६० लाखको हाराहारीमा पुगिसकेको छ। त्यही बेलादेखि नेपाल सरकारले विदेश गएका नेपालीहरुले नेपालका लागि केही गर्न सक्छन्, उनीहरुको सहयोग पनि लिने र उनीहरुलाई केही सहुलियत पनि दिने भन्ने धारणाका आधारमा यो संस्थाको गठन भएको हो। त्यसैले यो संस्था हुनु र नहुनुले नेपाललाई के फरक पर्छ र? भन्दा पनि कसैले चाहेर वा नचाहेर पनि यो संस्था छ। बरु परिभाषा अनुसार यसलाई एनआरएन भन्ने कि नभन्ने कुरा चाहिँ उठाउन सकिएला। तर, विदेशमा गएर बसेका नेपाली, जसले नेपाललाई माया गर्छन्, सहयोग गर्छन् उनीहरु एनआरएन हुन्। जो एकपटक नेपाली भएर जन्मेपछि सधैं नेपाली भएर बाँच्न चाहन्छन्।

मैले जोड्न चाहेको प्रसंग थियो, तपाईंहरुको संस्था स्थापना हुँदै गर्दाको हल्लाखल्लासित। त्यतिबेला यहाँ एनआरएनहरुले व्यापक लगानी ल्याउने, देशको कायापलट नै गर्ने भन्ने जसरी चर्चा भएको थियो, तर त्यस्तो देखिएन। किन त?

यो नेपाली जनसंख्याको एउटा हिस्सा हो। तीन करोड जनसंख्यामध्ये ६० लाख त विदेशमा छन्। हल्ला गरे पनि नगरे पनि उनीहरुले गर्ने काम त गरिराख्छन् नि! तर, यसको स्थापना भइसकेपछि जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्‍यो। त्यो के भने, विदेशमा बस्नेले नेपालका लागि गर्ने लगानी र लगानी गर्दा हुने फाइदा र सहुलियतका कुरा प्रकाशमा ल्यायो। यसले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा थोरै भए पनि इँटा थप्ने काम गरेको छ। तर, एनआरएनले नेपालको कायापलट गर्ने होइन। नेपालमै बस्ने नेपालीले र नेपाल सरकारले गरेको काम कारबाहीबाट परिवर्तन हुने हो। विदेशमा बस्ने नेपालीले सहयोग मात्रै गर्ने हो। 

कायापलट गर्ने भनेर एनआरएनले हल्ला गरेको त हो नि!

Ncell 2
Ncell 2
nimb
nimb

त्यो बुझाइमा मात्र त्यस्तो पर्न गएको हो। एनआरएन हुनु भन्दाअघि पनि विदेशमा बस्ने नेपालीले लगानी गरेका थिए। तर, अहिले लगानीको गतिमा वृद्धि भएको छ। 

एनआरएनले इँटा थप्ने काम ग¥यो भन्दै हुनुहुन्थ्यो। अहिलेसम्म कति इँटा थपियो त?

महत्त्वपूर्ण संख्यामा इँटाहरु थपिएका छन्। हाइड्रोपावर र बैंकिङ क्षेत्रमा एनआरएनको लगानी प्रसस्त छ। सानिमा बैंक एनआरएनहरुकै लगानी हो। भर्खरै मात्र म गोरखाको ‘लाप्राक मोडल भिलेज’ पुगेर आएँ, त्यहाँ पनि एनआरएनको करोडौं लगानी भएको छ। आकस्मिक रुपमा आवश्यक परेका बेला एनआरएनले आर्थिक सहयोग गरिरहेकै छ। तर, त्यसलाई सरकारले परिचालन गर्न सक्नुपर्‍यो नि!

काम चाहिँ अलिअलि मात्र गर्नु हुन्छ, तर चर्चामा आउने तरिका भने सेलिब्रेटीको जस्तो छ नि है?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म आफैं रसुवाको अति विकट ठाउँमा गएर राहत वितरण गरेको छु। स्वास्थ्य सम्बन्धी सेवाहरु दिएका छौं। ती काम त सबैले देखेका छन् नि। सय जना आएको ठाउँमा दुई चार जनाले सेलिब्रेटीजस्तो फोटो खिच्नु र प्रचारबाजी गर्नु अनौठो होइन। तर, खासमै काम भएको छ कि छैन भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। दुई–चार जनाले फोटो खिचेर फेसबुकमा हाले भन्दैमा सारालाई दोष दिन मिल्दैन। देशलाई माया गर्ने मान्छेले चर्चामा आउनैका लागि मात्रै काम गर्दैन।

एनआरएन धनीहरुको क्लब भयो, धनीहरुको सामाजिक प्रतिष्ठा बढाउन यसको उपयोग गरिएको छ भरेर आरोप लगाइन्छ। यसको संरचनाले पनि त्यस्तै देखाउँछ। किन धनीहरुको क्लब बनाउनु भएको?

संस्थामा धनी र गरिब दुवैथरी मानिस छन्। तर, एनआरएन भनेको लिन होइन, दिन जाने ठाउँ हो। आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक अवस्था सुधार गरिसकेपछि समाजलाई केही दिनुपर्छ भन्ने लागेर सहयोग गर्न आउने ठाउँ हो, एनआरएन। दिन जाँदा धेरै हुनेले धेरै दिन्छ। अनि, जसले धेरै दियो उसको धेरै कदर हुन्छ। वास्तवमा धनीहरुको क्लब नहुँदा नहुँदै पनि त्यस्तो देखिएको चाहिँ छ। धनलाई प्राथमिकता दिने हाम्रो समाजको चरित्रले त्यस्तो देखिएको हो। 

एनआरएन सामाजिक होइन राजनीतिक संस्था भयो भनिन्छ। खासगरी दलीय आशीर्वाद र आबद्धता नभईकन चुनाव जित्न असम्भव हुँदै गएको छ। विदेशमा त दलीय राजनीति नगरे पनि हुँदैन? 

हामी नेपाली निकै प्रतिबद्ध मतदाता हौं। जुन दललाई भोट दिन्छौं त्यसलाई छोड्न चाहँदैनौं। विदेश जाँदा पनि त्यो बानी हट्दैन। तर, जुनसुकै दलको आस्था बोकेको भए पनि एनआरएनमा गइसकेपछि उनीहरुले आफ्नो राजनीतिक आस्था बोक्दैनन्। यो कुरा बुझ्न जरुरी छ।

चुनाव जित्न गरिने राजनीति र संस्थामा गइसकेपछिको राजनीति फरक हुन्छ। चुनावमा जाँदाखेरि राजनीति सतहमा आउनु स्वभाविक छ। कारण, भोट दिँदा मान्छेले धेरै कुरा ख्याल गरेको हुन्छ। धारणा मिल्ने, राजनीति सिद्धान्त मिल्ने, जात, शैक्षिक स्तर र विचारको प्रतिनिधित्व गर्ने उम्मेदवार हो कि होइन भनेर हेर्छ। यीमध्ये पनि राजनीतिक पृष्ठभूमिलाई महत्त्वपूर्ण स्थान दिइन्छ। चुनावमा त्यसैको प्रतिविम्व आएको हो। तर, एनआरएनले कुनै राजनीतिक पार्टीको प्रचारप्रसार चाहिँ गर्दैन। राजनीतिक पृष्ठभूमिमा काम गरेका मान्छे एनआरएनमा जान त पाउँछन्, तर राजनीतिक विचार, प्रस्तुति र क्रियाकलापचाहिँ बाहिरै छाडेर जानुपर्छ। त्यहाँ गएपछि एनआरएनकै काम गर्नुपर्छ। एनआरएनको ऐन र विधान अनुसार काम गर्नुपर्छ।

युवापुस्तामा एनआरएनप्रति बेवास्ता बढ्दो छ। त्यसले एनआरएनलाई यही पुस्तामा सीमित गर्ने हो कि भनेर आशंका गरिन्छ। तपाईंलाई त्यस्तो आशंका छ कि छैन?

यस्तो आशंका पहिले पनि गरिएको हो, अहिले पनि गरिन्छ। तर, यसको कारण के पनि छ भने युवाहरु प्रायः व्यस्त हुन्छन्। काम, पढाइ वा व्यवसायमा अल्झेका हुन्छन्। त्यसैले उनीहरु सामाजिक काममा अल्झिन चाहँदैनन्। हामीले उनीहरुलाई एनआरएन भएको के हो, किन चाहिन्छ भनेर बुझाउने हो। उनीहरुले पनि बुझ्दै गएपछि, त्यसको आवश्यकता महसुस हुँदै आएपछि आबद्ध हुँदै आउँछन्। तर, हामीले उनीहरुलाई जति बुझाउनुपर्ने हो, त्यति बुझाउन सकेका छैनौं। हामी प्रयासचाहिँ गरिरहेका छौं। तर, हामीले सोचेजस्तो भइरहेको छैन। 

तपाईंलाई एनआरएन अमेरिकाको अध्यक्ष निर्वाचित हुँदा कुन काम गर्न सजिलो भयो, जुन नहुँदा गर्न सक्नु हुन्नथियो?

मैलाई व्यक्तिगत काम गर्नका लागि कुनै गाह्रो भएको थिएन। भोलि पनि हुँदैन। तर, निर्वाचित भएपछि मेरो जस्तै काम ठूलो स्वरुपमा गराउन सकिन्छ भन्ने विश्वास हो। मैले सोचेको भिजन लागू गराउन सक्छु। च्यानललाई प्रयोग गरेर प्रभावकारी काम गर्न सक्छु।

अमेरिका वा अन्य देशमा बस्ने नेपालीलाई अप्ठ्यारो परेका बखत सहयोग गर्नलाई एनआरएन छ भनेर ढुक्क हुने स्थिति बनाउन सक्नु भएको छ?

ढुक्क हुनसक्ने स्थिति छ। स्थानीय संस्थाहरुसँग मिलेर एनआरएनले काम गर्दै आएको छ। विदेशमा मान्छेले पहिले सम्झिने संस्था बनेको छ। तर, सरकारले जस्तो सबै काम गर्न गराउन त सम्भव हुन्न। हामी नेपाली भाषा संस्कृतिको लागि प्रयास गरिरहेका छौं। नेपाली समुदायको सामूहिक हितका काममा बढी जोड दिइरहेका छौं।

तपाईंको यसअघिको कार्यकालभन्दा यसपटकको कार्यकाल के–कति कारणले फरक हुनेछ?

मैले अघिल्लो कार्यकालमा पनि धेरै काम गर्न कोसिस गरेकै हो। त्यतिबेलाको घोषणापत्रका ६० प्रतिशत काम भएको छ। ती बाँकी काम अब पूरा गर्नेछु भन्ने लागेको छ। अन्तिम चरणमा पुगेको परिचयपत्रको कामलाई कार्यान्वयन गर्न सकिएको छैन, कमिटि सेन्टरलाई प्रभावकारी रुपमा खोल्न सकिएको छैन, एकपटकको नेपाली सधैंको नेपाली भन्ने कुरा नेपालको संविधानमा आयो तर कानुनमा ल्याउन सकिएको छैन, दोहोर करका कुरालाई पनि किनारा लगाउन सकिएको छैन। यसमा काम गर्ने योजना छ। मैले पूरापूर गर्न नसके पनि कम्तिमा ट्र्याकमा हिँडाउने योजना छ। 

नेपालमै बस्ने नेपालीले चाहिँ के अपेक्षा गर्न सक्छन्?

हामीले आकस्मिक सहयोग गरिहेकै हौं। लाप्राकको मोडल भिलेजलाई द्रूत गतिमा पूरा गर्ने हो। त्यसपछि सिन्धुपाल्चोकमा पनि त्यस्तै काम गरिनेछ। नेपालमा एनआरएनको लगानी बढाउने र एकीकृत लगानीलाई जोड दिने योजना छ। लगानी बढाउन सक्दा रोजगारीको अवसर सिर्जना हुन्छ। मुख्यगरी समृद्ध नेपाल हेर्नका लागि एनआरएनले के गर्न सक्छ, त्यसका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न एनआरएन सदैव तयार छ।

प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्